सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जेठ मसान्तभित्र कर तिर्नुको विकल्प छैन : विनोद बहादुर कुँवर महानिर्देशक, आन्तरिक राजस्व विभाग

२०७७ जेठ २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लकडाउन ३२ जेठसम्मलाई तोकिएको छ । यो अवधिमा उद्योगधन्दा, कार्यालयहरू बन्द छन् । यस्तै वेला आन्तरिक राजस्वले कर विवरण र सोबराबरको रकम दाखिला गर्न सूचना जारी गरेको छ । यो अत्यन्तै अव्यावहारिक विषय भयो नि ?

सरकारले करका विवरण तथा त्यसअनुसारको रकम दाखिला गर्ने म्याद जेठ २५ र जेठ मसान्तसम्मलाई तोकिदिएको छ । हामीले सो म्याद स्मरण गराइदिएको मात्र हो, यो विभागको नियमित काम पनि हो । नेपाल सरकारले अर्को निर्णय नगर्दासम्म कर विवरण र सोअनुसारको रकम तिर्ने म्याद यही हो । कानुनमा भएको व्यवस्था र नेपाल सरकारले गरेको निर्णयको स्मरण गराइदिएका हौँ ।

उद्योग–व्यवसायका कार्यालय बन्द छन् । सञ्चालक र कर्मचारीको आवागमन नै बन्द छ, त्यसमा प्रशासनले अवरोध गर्छ । यस्तो वेला उनीहरूले विवरण र सोअनुसारको कर कसरी तिर्न सक्छन् ?

हामीलाई करभन्दा कर विवरण महत्वपूर्ण हो । उहाँहरूले कर विवरण तोकिएका म्यादमा बुझाउनुपर्छ भनेका हौँ । सबै उद्योग-व्यवसायले आफ्नो करसम्बन्धी विवरण घरमै बसेर अनलाइनबाट बुझाउन सक्नुहुन्छ । कर दाखिला पनि अनलाइनबाटै गर्न सक्नुहुन्छ । विवरण र सोअनुसारको रकम अनलाइनबाटै बुझाउन सकिने भएकाले अव्यावहारिक भन्न मिल्दैन ।

सबै उद्योग-व्यवसायले आफ्नो करसम्बन्धी विवरण घरमै बसेर अनलाइनबाट बुझाउन सक्नुहुन्छ ।

 सबै उद्योगी-व्यवसायी अनलाइनबाट विवरण भर्न तथा कर दाखिला गर्न अभ्यस्त नहुन पनि सक्छन् नि ?

अनलाइनबाट विवरण भर्न वा कर दाखिला गर्न अभ्यस्त हुनुहुन्न र कार्यालयमै आउन चाहनुहुन्छ भने हामी उहाँहरूलाई सहजीकरण गरिदिन तयार छौँ । आफ्नो कार्यालय जान, बैंक जान वा कर कार्यालयसम्म जान–आउन समस्या भए प्रशासनसँग समन्वय गरेर उहाँहरूलाई आवश्यक सहजीकरण गरिदिन तयार छौँ ।

विषम परिस्थितिमा व्यवसायीले ठूलो मात्रामा आम्दानी गुमाएका छन् । अहिले गरिएको असान्दर्भिक भएको व्यवसायीको गुनासो छ । यसमा के भन्नुहुन्छ ?

अहिले विषम परिस्थितिमा कारोबार भएको छैन, आम्दानी भएको छैन, कर कसरी तिर्ने भन्ने गुनासो निश्चय पनि छ । जब आम्दानी नै भएको छैन भने कर तिर्ने कुरै हुँदैन । आम्दानी भएमा मात्रै कर तिर्ने हो । तर, विवरण त भर्नुपर्छ । आम्दानी नभएको पनि विवरण जानकारी गराउनुपर्छ ।

जेठ मसान्तसम्म के–कति आन्तरिक राजस्व उठ्ने अनुमान गर्नुभएको छ ?

हामीले अहिले कुनै अनुमान गरेका छैनौँ । चैत-वैशाखदेखि नै महामारी र लकडाउनका कारण उद्योग–व्यवसाय बन्द छन्, कारोबार कम भएका छन् । यस्तो वेला हामीले के-कति उठ्ला भनेर लेखाजोखा गरेका छैनौँ । मुख्य कुरा आम्दानी भएको भए कर आउने हो ।

अर्थ मन्त्रालयसँग समन्वय गरेरै यो सूचना जारी भएको हो ?

विभाग भनेको मन्त्रालयकै अंग हो । मन्त्रालयकै नीतिअनुसार चल्ने हो । हाम्रो सरोकार भनेको कानुनी व्यवस्था र सरकारको निर्णयअनुसार काम गर्ने हो । म फेरि पनि भन्छु, ‘यस्तो वेला उद्योगी-व्यवसायी साथीहरूले अनलाइन प्रणालीको प्रयोग गर्नुपर्छ । -नयाँपत्रिका ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल