सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

२०८० असोज ३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आठौं संविधान दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सरकारले सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोह आयोजना गर्यो । समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनलाई गति दिँदै राजनीतिक स्थायित्व, शान्ति र सुशासन कायम गर्ने दिशामा सरकार प्रयासरत रहेको बताए । संविधानका आधारस्तम्भ सबल बन्दै गएसँगै देशमा राजनीतिक स्थायित्व कायम भएकाले अबको कार्यसूची सुशासन, समृद्धि र सामाजिक न्याय भएको उनले स्पष्ट पारे ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, नेपालस्थित विदेशी कूटनीतिज्ञलगायत सहभागी थिए । समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै टुँडिखेलमा परेड तथा मार्चपास गरेको थियो ।

यस्तै संविधान दिवसका अवसरमा शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको चरित्र पुरानै अवस्थामा रहेको भन्दै पुन:संरचना गर्नुपर्ने बताएका छन् । उनले जनताको भविष्य सुखद बनाउन राजनीतिक दलहरुले नै संविधानको रक्षा र राजनीतिक उपलब्धिलाई जोगाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिस नेपाल पिसको उपाधि नर्स विधी लम्साललाई [फोटो फिचर]

संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर)

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट {फोटोफिचर}

केपी ओलीको अँगालोमा सुहाङ {तस्बिरहरु}

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम {तस्बिरहरु}

मुआब्जा लिएपछि घर भत्काइँदै

नेकपा एमालेको सचिवालय बैठक जारी (फाेटाेफिचर)

यस्तो छ नवनियुक्त मन्त्रीको शपथग्रहण समारोह [तस्बिरहरू]

दादुरा-रुबेला खोप अभियान

छाब्दीमा भक्तजनको घुइँचो

दूध बेचेको पैसा नपाउँदा बाराका किसान सडकमा [तस्बिरहरू]

निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा (फोटोफिचर)