काठमाण्डौः नेपालका लागि भारतीय पूर्वराजदूत रणजित राय (रञ्जित रे) अकस्मात काठमाण्डौ आएका छन् ।
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार भिडियो कन्फ्रेन्समार्फत दुबै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि पूर्वराजदुत रे को नेपाल भ्रमणलाइ निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।
ईण्डिगो एयरलाइन्सको नियमित उडानबाट मंगलबार अपरान्ह काठमाण्डौं आएका उनी बुधबार बिहान दरवारमार्ग स्थित अन्नपूर्ण होटलमा हुने “Coordination in management of migrant labour issues among SAARC nations” कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काठमाण्डौमा रहँदा राजदुत रे ले मंगलबार पुर्वपरराष्ट्र मन्त्री भेष बहादुर थापा र नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
एकाएक कुटनितिक सक्रियता बढाएका रे ले बुधबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटार पुगी आधा घण्टा भेट्वार्ता गरेको स्रोतको दावी छ ।
