काठमाडौंः आज देखि काठमाडौँ उपत्यकामा खाद्य व्यापार तथा व्यवस्था कम्पनी लिमिटेडले खसी बोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ ।

कम्पनीले जिउँदो खसी बोका प्रति किलो ६ सय ७० रुपैयाँ र च्याङ्ग्रा प्रति किलो एक हजार दुई सय पचास रुपैयाँमा बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ I