सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तलेजुमा दर्शनार्थीको घुँईचो (फोटो फिचर)

२०८० कार्तिक ६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वर्षको दिन मात्र खोलिने तलेजु भवानीको मन्दिरमा आज भक्तजनको भीड लागेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको यस मन्दिर एक वर्षमा एक पटक  महानवमीका (आज) मात्र खुल्ला हुने गर्दछ । दसैँको नवौँ दिन महानवमीका दिन तलेजु भवानीको दर्शनार्थ बिहानैदेखि लाइन लागेको थियो ।

कोत, दशैंघर लगायत अन्य देवी मन्दिर र शक्तिपीठहरुमा महानवमीका दिन (आज) बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवीस्तोत्र पाठ गरिन्छ ।

तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने चलन छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूल चोकमा ल्याइएको थियो । मूल चोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिस नेपाल पिसको उपाधि नर्स विधी लम्साललाई [फोटो फिचर]

संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर)

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट {फोटोफिचर}

केपी ओलीको अँगालोमा सुहाङ {तस्बिरहरु}

टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम {तस्बिरहरु}

मुआब्जा लिएपछि घर भत्काइँदै

नेकपा एमालेको सचिवालय बैठक जारी (फाेटाेफिचर)

यस्तो छ नवनियुक्त मन्त्रीको शपथग्रहण समारोह [तस्बिरहरू]

दादुरा-रुबेला खोप अभियान

छाब्दीमा भक्तजनको घुइँचो

दूध बेचेको पैसा नपाउँदा बाराका किसान सडकमा [तस्बिरहरू]

निषेधित क्षेत्र तोड्न राजेन्द्र महतो माइतीघर मण्डलामा (फोटोफिचर)