सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुक्तिनाथ मन्दिरमा दैनिक दुई हजार भक्तजनको घुँइचो (फोटो फिचर)

२०८० मंग्सिर १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा धार्मिक पर्यटकको भिडभाड बढेको छ । मन्दिर दर्शन र पूजाआजा गर्न दैनिक दुई हजार भक्तजनहरू आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ ।

दसैँ–तिहार बिदाको उपयोग गर्दै मन्दिर दर्शन गर्न ठुलो सङ्ख्यामा भक्तजन आउनेगरेका छन् । नेपालको साथै भारत र अन्य मुलुकबाट दैनिक रूपमा भक्तजन मन्दिर दर्शन गर्न आउने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मौसम सफा भएकाले हिजोआज भक्तजनको सङ्ख्यामा निकै वृद्धि भएको छ ।’’ मन्दिर परिसरमा रहेका एक सय आठ धारा र दुई वटा कुण्डमा स्नान गर्ने भक्तजनको भिड लागेको छ ।

मुक्तिनाथ हिन्दु र बौद्ध धर्मालम्वीहरुको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय १० मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’ मा पर्छ । ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरू ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरू उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आएका छन् ।तश्वीर/गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

हुम्लामा आइतबार रातिदेखि हिमपात सुरु (फोटो फिचर)

राकममा एमाले सभा (फाेटाेफिचर)

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर)

केपी ओली कप प्रतियोगिता सुरू (फोटोफिचर)

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन (फोटोफिचर)

एकादशीमा झकिझकाउ पशुपतिनाथ (फाेटाेफिचर)

भुकम्प पीडितको पुर्ननिमार्णका लागि खटिए एमाले कार्यकर्ता (फोटोफिचर)

विश्वकपको उपाधि हात पारे पछि अष्ट्रेलियाको खुसी (फोटोफिचर)

गौरीघाटमा छठपर्व मनाउन सरसफाई गरिँदै

भारतिय फूलका कारण नेपाली व्यापारी मारमा, हजारौ माला फोहोरमा

काष्ठमण्डपमा अञ्जली दिदीको सामूहिक भाइटीका (तस्विरमा हेर्नुहोस्)

बालगोपालेश्वर मन्दिरमा टीका लगाउनेको भीड (फोटो फिचर)