शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँः राजधानी काठमाण्डाैंको शहीदगेटमा सरकारविरुद्ध युवाहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।
शनिबार बिहान राष्ट्रिय झण्डासहित स्वतस्फूर्त रुपमा उत्रिएका युवाहरूले प्लेकार्डसहित सडकमा सुतेरै विरोध जनाएका हुन् । कोरोना संक्रमित बढ्दै जाँदा प्रधानमन्त्रीको अपरिपक्व अभिव्यक्तिले आक्रान्त बनेका युवा बेसार दलेरै सडकमा उत्रीएका छन् ।

