काठमाण्डौः नेपाल तामाङ घेदुङले प्रदेशस्तरिय अधिबेशनलाइ तिब्र रूपमा अघि बढाएको छ । नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को कार्य समितिको बैठकले प्रथम सम्मेलन यहि मङ्सिर २८ र २९ गते मोरङमा गर्ने निर्णय गरेको छ ।
मोरङ्ग जिल्लाको सुन्दर हरैचाको बिराटचोकमा सप्पन्न हुने निर्णय बमोजिम उक्त प्रदेश कार्य समितिले आईतबार नै प्रदेश नम्बर १ का जिल्ला अध्यक्ष तथा नगर अध्यक्षहरूलाइ समेत पत्राचार गरिसकेको छ । त्यसैगरी २ नम्बर प्रदेश कार्य समितिको सोमबार प्रदेश अध्यक्ष डेनोक मोक्तानको अध्यक्षतामा बर्दिबास स्थित माइथान नेपाल अहिङ्सावादी बौद्ध गुम्बामा बसेको बैठकले आगामी मंसिर २१ र २२ गते महोत्तरीको बर्दिबासमा प्रथम प्रदेश अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ ।
बारा, पर्सा र सप्तरी जिल्लाको उपस्थिति बिनै ५ वटा जिल्लाका प्रतिनिधीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको थियो । बैठकले प्रदेश अधिबेशन सम्पन्न गर्नु अघि कातिक मसान्त भित्र २ नम्बर प्रदेशका विभिन्न जिल्लाहरूमा भेला तथा स्थानीय गाँउपालिका तथा नगरपालिकाको अधिबेशन सम्पन्न गर्ने निर्णय समेत गरेको जनाएको छ । सबै जिल्लाको भेला, सवै स्थानीय तहमा घेदुङ गठन र आजिवन सदस्यता बितरण गरेर प्रदेश अधिबेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्ने रणनिति तय गरेको बताइएको छ ।