काठमाण्डौः लायन्स क्लब इन्टरनेस्नलले एकै दिन विभिन्न १८ क्लब र ३ नयाँ क्लबहरुको संयुक्त उद्घाटन, पदस्थापन तथा प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ ।
कान्तिपुरी एबी पार्टी प्यालेश नेपालटारमा सम्पन्न पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा जिल्ला ३२५ बि-१ नेपाल लायन्स बर्ष २०१९/२०२० कलस्टर-११, रिजन २१ र २२, जोन ४६, ४७, ४८, ४९ र ५० अन्तर्गतका विभिन्न २१ वटा क्लबहरुको संयुक्त रूपमा कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रमका प्रमुख अथिती LCIF Area leader Lion Bal krishna Burlakoti MJF, बिशेष अतिथी जिल्ला ३२५ बि- १ नेपालका गभर्नर नेतृ लायन्स इन्दु लम्शाल, GMT Multi co-ordinetar PMCC लायन्स राजन लम्शाल, साथै डिस्ट्रिकका उक्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन लायन्स क्लब अफ काठमाण्डौ हेरिटेजका अध्यक्ष (बर्ष २०१९/२०) नेत्र प्रसाद गुरागाँईले गरेका थिए । उक्त पदस्थापन तथा प्रशिक्षण कार्यक्रममा बोल्ने अधिकांस बक्ताहरूले पदाधिकारीहरुलाई पदास्थापन गर्दै जहाँ आवश्यक्ता त्यहाँ लायन्स भन्ने मुल भावना सहित मानव सेवामा समर्पित बिशुद्ध गैह्र नाफामुलक संस्था भएकोले आफुले कमाएको केही प्रतिशत समाज सेवामा लगानी गर्नु नै लायन्सको उद्धेश्य रहेको बताएका थिए ।
कार्यक्रममा विभिन्न विधाका चर्चित समाजसेविहरु चित्रध्वज थापा, मानसिंह महर्जन, राधिका खरेल र खेलाडी मिरा राइलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्तमा बर्ष २०१८/१९ का प्रेसिडेन्टद्धारा रिपोर्ट प्रस्तुत गरिएको थियो भने बर्ष २०१९/२० का प्रेसिडेन्टहरुद्धारा भाबी कार्ययोजना प्रस्तुत गरिएको थियो । बिभिन्न लायन अग्रजहरुद्धारा शुभकामना आदन प्रदान गरिएको कार्यक्रममा गभर्नर द्धारा विभिन्न बिदामा योग्दान पुर्याए बापत इन्टर्नेसनल पिन दुवारा सम्मानित गरिएको थियो ।