सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बाबुछोराको सम्बन्धको कथा भन्ने उत्कृष्ट कन्नड फिल्म, हेर्नुस् युट्युबमा

२०८० फागुण १२, शनिबार

गुड फ्राइडे सिनेमा

यो एक बाबु र छोराको कथा हो।

बाबु शंकरले इञ्जिनियरिङ पढेर सकेका छन्। तर कुनै जागिर नपाएर आर्थिक समस्या झेलिरहेका हुन्छन्।

उनका सपना भने धेरै छन्। खासगरी आफ्नो छोराको भविष्यका लागि रंगीन सपना देखेका हुन्छन्।

उनले छोरालाई सामान्य स्कुलबाट निकालेर महँगो स्कुलमा भर्ना गरिदिन्छन्। स्कुलको शुल्क तिर्न उनलाई निकै समस्या पर्छ। तर छोराको भविष्यकै लागि सबै पीडा मनभित्र दबाएर उनी काममा खटिन्छन्।

उता उनका बालख छोरा अप्पुलाई पनि नयाँ स्कुलले बेग्लै पीडा दिन्छ। महँगो र धनीहरू पढ्ने स्कुलमा उनलाई घुलमिल हुन सकस हुन्छ। सबैले उनलाई ‘शून्य’ बराबर पनि मान्दैनन्। तर उनी पनि आफ्ना बाबुको खुसीका लागि केही नभनी सबै कुरा चुपचाप सहेर बस्छन्।

एक दिन शंकरको दुर्घटना हुन्छ। उनी हलचल गर्न नसक्ने अवस्थामा हुन्छन्। यसले अप्पुलाई निकै दुःखी बनाउँछ। अझ उनको बिजोग पनि हुन्छ। आफ्ना बुबाको हेरचाह गर्नु कि, पढ्नु कि, काम गर्नु?

अप्पु आफूले सक्दो लागि पर्छन्। उनी आफ्नो लक्ष्यमा सफल हुन्छन् कि हुँदैनन्, यसका लागि फिल्म हेर्नुहोला। तर यहीबीच फिल्ममा यस्तो रहस्य उजागर हुन्छ, जसले अप्पु, उनका बुबा र दर्शकलाई पनि चकित पारिदिन्छ।

अब के यी बाबुछोराको समस्या समाधान होला? वा जीवनले अर्कै मोड लेला? अनि कुनै बेला ‘जिरो’ भनिएका अप्पु कहिल्यै ‘हिरो’ हुन सक्लान्? फिल्मको मुख्य कथा यही हो।

बाबुछोराको सम्बन्ध र सामीप्यतालाई केन्द्रमा राखेर बनेको ‘जिरो’ कन्नड भाषाको फिल्म हो। यसले समीक्षकहरूबाट खुब प्रशंसा र थुप्रै अवार्डहरू पनि जितेको छ।

गिरिदेव हसनको पहिलो निर्देशनमा बनेको जिरोलाई ‘मन छुने’ कथा मानिन्छ।

हेर्नुहोस् युट्युबमाः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)