शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र सांसद तथा गायिका कोमल वलीको नयाँ गीति एल्वम ‘माया लाउन सजिलो’ सार्वजनिक गरेका छन् ।
वर्षौदेखि थन्किएर राखिएको गीतलाई शम्भुजित बास्कोटाको संगीत, उत्तम संजेलको शब्द तथा मनोहर सुनामको संगीत संयोजनमा तयार पारिएको भिडियो ल्याएको उनले बताएका छन् ।
मदनकृष्ण र कोमल स्टुडियोमा गाँउदै गरेको देखिएको उक्त गित लकडाउनको समयमा तयार गरिएको हो । यो गीतको मदनकृष्णका छोरा यमनले छायांकन गरेका हुन् । यसलाई घरमै एडिटिङ पनि गरिएको थियो ।
अन्य भिडियो पनि सम्योजन गरिएको छ । भिडियो संयोजन मदनकृष्णका छोरा यमन श्रेष्ठले गरेका हुन् । यसअघि पनि उनले ‘एक्लै एक्लै बजारमा झर्नु भएन’ गीत ल्याएका थिए।
