सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दर्शकले माग गरेसंगै सुशान्तको अन्तिम फिल्म जुलाईमा रिलिज

२०७७ असार १२, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः गत साता आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म अर्को महिना रिलिज हुने भएको छ ।

उनको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिजको तयारीमा आफूहरू जुटेको यसका निर्देशक मुकेश छाबडाले बताएका छन् । केही समययता भारतका ठूला ब्यानरका फिल्मसमेत डिजिटल प्लेटफर्ममा रिलिज हुन थालेकाले यो फिल्मको पनि डिजिटल बजारमार्फत रिलिज गर्न लागिएको हो ।

यतिबेला सबैले सुशान्तसिंहको नयाँ फिल्म हेर्न चाहेकोले उनको श्रद्धाञ्जलीस्वरूप यो फिल्म रिलिज गर्न लागेको पनि मुकेशले बताएका छन् । यो मुकेशको डेब्यु निर्देशन फिल्म हो ।

यो फिल्मको मुख्य नायिकामा सन्जना सांघीया छिन् । फिल्मलाई आउँदो जुलाई २४ मा रिलिज गरिने निर्देशक मुकेशले बताए । यसका निर्माताले ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न लागेका हुन् । डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ भारतमा निःशुल्क हेर्न पाइने डिज्नीका सञ्चालकको कथन छ । दर्शकहरूले नै दि बेचारका माग गरेका कारण आफूहरूले यो फिल्म केही दिनका लागि निःशुल्क देखाउन लागेको पनि डिज्नीले बताएको छ ।

फिल्म दिल बेचारा गत मे ८ मा प्रदर्शन हुने तय भएको थियो । तर, कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भयो । जसका कारण फिल्म दिल बेचारा पनि निर्धारित मितिमा रिलिज हुन सकेन ।

https://youtu.be/vqqD2uzaMJg

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई