सदाबहार खबरको रफ्तार ....
श्रावण ११, २०८१ शुक्रबार
July 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सम्बन्ध विच्छेदको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल सुरू

२०८० चैत्र ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ ।

न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् । स्थानीय मिडिया मेट्रोका अनुसार आन्दोलनकारी महिलाहरूको उद्देश्य शताब्दीयौं पुरानो यहूदी कानूनलाई परिवर्तन गर्नु हो, जसले महिलाहरूलाई सम्बन्ध विच्छेद गर्न अत्यन्तै गाह्रो बनाउँछ।

सम्बन्धविच्छेदका लागि पतिको लिखित अनुमति लिनुपर्ने वर्तमान व्यवस्थाले उनीहरूलाई दुखी र अपमानजनक विवाहमा समेत फसाउने गरेको आन्दोलनरत महिलाहरू बताएका छन्। समाचार आउटलेटका अनुसार उनीहरू आशा गर्छन् कि हडतालले उनीहरूका श्रीमान् र व्यापक समुदायलाई कानुनी सुधारको वकालत गर्न दबाब दिनेछ।

तर, महिलाको यो विरोधले टापु समुदायमा विवाद निम्त्याएको छ । हडताल गर्ने महिला सामाजिक सञ्जालमा उत्पीडनको सामना गरिरहेका छन् । किरियास जोएलको कडा धार्मिक नियमहरू अनुसार महिलाहरूले पुलिसलाई घरेलु हिंसाको रिपोर्ट गर्नु अघि रब्बी (यहूदी धार्मिक नेता) को स्वीकृति लिनु पर्छ, जो उनीहरूलाइ मन परेको छैन् ।

वास्तवमा, धार्मिक रूपमा मान्य सम्बन्धविच्छेदका लागि रब्बीले हस्ताक्षर गरेको कागजात आवश्यक हुन्छ। यहाँ श्रीमतीलाई सम्बन्ध विच्छेद गर्ने अधिकार छैन किनभने यदि पत्नीले आवेदन दिन्छ भने पतिले रोक्न सक्छ। यो पनि भन्न सकिन्छ कि एक पुरुषले आफ्नी श्रीमतीलाई विवाहमा बन्धक राख्न सक्छ।

यस्तो अवस्थामा फसेका महिलाहरूलाई ‘अगुनाह’ परेका महिलाहरू भनिन्छ। २९ वर्षीया निवासी माल्की बर्कोविट्ज विरोधको अनुहार बनेकी छिन् । उनी २०२० देखि अलग बस्दै आएकी छिन् तर अहिलेसम्म श्रीमान् भोल्भीसँग सम्बन्धविच्छेद गर्न सकेकी छैन । महिलाहरूले आशा गर्छन् कि उनीहरूको यौन हड्तालले परिवर्तन गर्न बाध्य पार्छ र उनीहरूलाई अनावश्यक विवाह छोड्ने स्वतन्त्रता दिन्छ।

सेक्स हडतालको नेतृत्व गरिरहेकी एडिना साक्सले द इकोनोमिस्टलाई भनिन्, ‘माल्की प्रत्येक महिलाको अनुहार हो, जो एक नम्र, लजालु, आज्ञाकारी भेडा जस्तै प्रणालीसँग लडिरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मृत आमाको कोखबाट नवजात शिशुको जीवितै उद्धार

रातमा कति बजे सुत्न राम्रो हुन्छ ? निद्राको गुण बढाउन यसो गर्नुहोस

अनन्त अम्बानीले साथीहरुलाई दिए २ करोडको घडी उपहार

मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?

बिहेअघि केटा-केटीले ध्यान दिनुपर्ने कुरा

मृत्यु हुनुअघि मानिसको मनमा के हुन्छ ?

शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य

भारतीय लोकसभामा एक मात्र पतिपत्नीको जोडी निर्वाचित

गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?

गर्मीमा किन बढी रिस उठ्छ ? यस्तो छ वैज्ञानिक कारण

मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

गर्मीमा धेरै पानी मात्र पिएर पुग्दैन, अरु के खाने ?