सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राम्रो श्रीमान् पाउन नर्सिङतिर आकर्षण- सुरेसा धमला

२०७७ असार १३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कहाँबाट सुरु गर्नुभयो नर्सिङ पेसाको यात्रा ? 

मैले २०६० सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट पीसीएल नर्सिङ सकेर दुई वर्ष त्यहीँ काम गरे । काममा रस भिज्दै जाँदा ठूलो ठाउँमा गएर काम गर्ने रहर थियो । त्यसपछि वैवाहिक जीवनमा प्रवेश गरेसँगै म काठमाडौं आएँ र काठमाडौं मेडिकल कलेजमा चार वर्ष काम गरें । त्यसबीचमा बीएनसम्मको पढाइ कम्प्लिट भयो र ग्लोबल हस्पिटलमा मेट्रोन भएर काम सुरु गरें । त्यहाँ लगभग डेढ वर्ष काम गरिसकेपछि म यहाँ हिमाल हस्पिटलमा आएर मेट्रोनकै पदमा कार्यरत छु ।

यति लामो यात्राको एकै खाले दैनिकी, पट्यारलाग्दो लागेन ? 

सुरु–सुरुमा त त्यस्तो लाग्यो । जति बेला धरानमा म इमर्जेन्सीमा काम गर्थें, त्यहाँ पहाडबाट धेरै बिरामी आउँथे । इमर्जेन्सीमा आउने बिरामी भन्नेबित्तिकै अप्ठ्यारोमा परेका जटिल प्रकृतिका बिरामी नै हुन्छन् । मलाई ती पहाडबाट आएका बिरामी निकै फोहोरी लाग्थ्यो । साँच्चिकै फोहोरी पनि हुुन्थे । मेरो अल्लारेपन, मलाई त्यति बेला उनीहरुको स्याहार गर्न निकै अप्ठ्यारो लाग्थ्यो । तर पछि बुझ्दै गएँ । सिनियरहरुसँग सिक्दै गएँ । अनि बिस्तारै सबै कुरा नर्मल, सहज र रमाइलो पनि लाग्दै गयो । आज यी हातहरुले जति सक्दो बढी बिरामीलाई सेवा गर्ने मन छ । कुनै पट्यार लाग्दो भएको छैन र असहज पनि छैन ।

मेट्रोन हुनलाई त अरुले धेरै संघर्ष गर्नुपरेको बताउँछन्, तपाईं त चाँडै हुनुभएछ नि ? 

संर्घषको कुरै नगर्नुस् । मैले यतिका वर्ष दिलोज्यान लगाएर काम गरेकी छु । तर मेट्रोन हुन अरुलाई जति समय नलागेको भने पक्कै हो । म काठमाडौं मेडिकल कलेजमा काम गरिरहेको बेला मेरो एकजना साथी ग्लोबल अस्पतालमा मेट्रोन हुनुहुन्थ्यो । संयोग नै यस्तो भैदियो कि मैले बीएन पढेर पनि सक्नु र मेरो साथीले व्यक्तिगत कारणले उक्त हस्पिटल छोड्नु एकैसाथ भयो । उहाँसँग हस्पिटलको राम्रो ट्रस्ट रहेछ । उहाँलाई मैले त्यो पदमा रहेर काम गर्न सक्छु भनें । त्यसैले उहाँकै रिफरमा म मेट्रोन भएर त्यहाँ गएकी हुँ ।

विगतमा भन्दा अहिले नर्सिङ पढ्नेको चाप बढ्दो छ, यस पेसाको स्कोप कस्तो छ ? 

न्यु जेनेरेसनमा नर्सिङको इन्ट्रेस्ट बढ्दै गएको छ । तर यहाँ राम्रो जागिरको सम्भावना भने कमैको मात्र छ । पढेर बाहिर जाने, इभन राम्रो जीवन साथी पाइन्छ कि भनेर समेत यो क्षेत्रमा लाग्ने गरेको देखेकी छु । थोरै तलब, पढाइमा लगानी यस्ता धेरै कारणले नयाँ पुस्तामा फ्रस्टेसन आउने गरेको पाएकी छु । नआओस् पनि कसरी, सरकारले लोकसेवा खुलाउँदैन । हस्पिटल सीमित छन् । यस क्षेत्रमा शैक्षिक उत्पादन बढी छ । हस्पिटलले सस्तोमा मेनपावर खोज्छ । बढी प्रतिस्पर्धा हुनुको बेफाइदा पनि हो यो । ५ लाख लगानी गरेर पढ्यो, काम भने भोलेन्टियरमा गर्न विवश विद्यार्थी पनि धेरै छन् ।

न्यु जेनेरेसनमा नर्सिङप्रतिको इन्ट्रेस्ट बढ्दै गए पनि यहाँ राम्रो जागिरको सम्भावना भने कमै छ । ५ लाख लगानी गरेर पढ्यो, काम भने भोलेन्टियरमा गर्न विवश विद्यार्थी पनि छन् । त्यसैले पढेर बाहिर जाने, इभन राम्रो जीवन साथी पाइन्छ कि भनेर यो क्षेत्रमा लाग्नेहरु धेरै छन् ।

नर्सिङ पेसामा लागेकाहरुले प्रायः पेसागत सुरक्षाका मुद्दाहरु उठाउने गरेका छन् । नर्सहरुले पेसागत सुरक्षा पाउन सकेका छैनन् ? 

नर्सिङ पेसालाई मर्यादित पेसाको रुपमा लिए पनि देशभरका नर्सहरुको हकहितमा काम गर्ने नर्सिङ प्रशासन नै छैन अहिले । सीधै स्वास्थ्य मन्त्रालयको मातहतअनुसार चल्ले भएकाले मन्त्रालयले यस पेसालाई ध्यान दिन सकेको छैन । यसले गर्दा न त पदोन्नति हुन्छ, न सेवा-सुविधामा सुधार आउँछ ।

जति नै राम्रो काम गरे पनि फिडब्याक केही नआउने भए कसलाई पो काम गर्दा सन्तुष्टि मिल्छ र रु राम्रो क्षमता भएका नर्सहरु पनि बढुवा हुन नसक्नाले लामो समयसम्म एउटै पदमा बस्नुपरेको छ । उनीहरुले कसरी पेसागत सुरक्षाको अनुभूति गर्छन् त रु यस पेसामा दुःख गरेअनुसारको फिडब्याक कसैले पाउन सकेका छैनन् । पछि आउने नयाँ पुस्तालाई यसले निकै निराशाको अवस्थामा पुर्याइदिने गरेको छ । वर्षौं काम गर्दा पनि पढाइको लगानी उठाउन सकिँदैन । यसले गर्दा नयाँ पुस्तामा फ्रस्ट्रेसन पनि देखिने गरेको छ ।

नर्समा हुनै पर्ने गुण भन्नुपर्दा के हो जस्तो लाग्छ ? 

सबैभन्दा ठूलो कुरा त बिरामीप्रतिको सेवामा उत्तरदायी भूमिका बहन गर्ने खूबी राख्नु हो । सहनशीलता, जिम्मेवार, हँसीमुख, बिरामीप्रति सन्तुलित र सहयोगी भूमिका राख्ने खूबी एउटा नर्समा हुनु अत्यन्तै जरुरी छ । यो पेसामा इरिटेसन भन्ने शब्द भने हुनुहुँदैन ।

रिस कत्तिको उठ्छ ? 

पेसाको धर्म भन्नुपर्छ, मलाई बिरामीको सेवाको समयमा कहिल्यै रिस उठेको छैन । मैले बिरामी र बिरामी कुरुवाबाट अनेकौं खाले समस्या भोगेकी छु, तथापि उहाँहरुलाई नम्रतापूर्वक सम्झाउन सके कोही मान्छे नसम्झने हुन्न । रिसले रिस बढाउँछ । त्यसैले रिस राख्नुहुन्न भन्ने ध्यान यो पेसामा हरबखत राख्नु पर्छ । रिसभन्दा पनि यो क्षेत्रमा तनाव भने अत्यन्त रहन्छ नै । यसलाई कम गर्ने उपायहरु अपनाई
अगाडि बढ्ने गर्नुपर्छ ।

प्रसंग बदलौं, ग्लोबल छोडेर उही पदमा हिमाल हस्पिटल आउनुभएको छ, हिमालमा के देख्नुभयो त्यस्तो ?

ग्लोबल अस्पतालमा काम गर्दा पनि म निकै सन्तुष्टि थिएँ । त्यहाँ केही कमी–कमजोरी भएर यता आएको होइन । तर ग्लोबलमा भन्दा हिमालमा बिरामीको चाप बढी छ । बिरामीको चाप बढी भएको ठाउँमा काम गर्दा छुट्टै मज्जा हुन्छ । त्यसमाथि हिमाल हस्पिटल प्राइभेट सेक्टरको दोस्रो नर्सिङ होम भएको कारण पनि यसको रिपुटेसन निकै राम्रो छ । त्यसैले पनि यस अस्पतालमा काम गर्दा आफूलाई गर्व लाग्ने भएकाले म काम गर्ने इच्छा गरेरै यहाँ आएकी हुँ ।

अन्त्यमा यस क्षेत्रमा लागेका नर्सहरुलाई के भन्न चाहनुहुन्छ ?

यत्ति हो कि पेसामा इमानदार हुने, अग्लो चरित्र प्रदर्शन गर्ने, हरअवसरलाई उपयोग गर्ने गर्नुहोस् । सेवाभन्दा ठूलो धर्म केही हुन्न दुनियाँमा । नर्सिङ पेसा सेवा हो । पेसाको धर्म राख्नु तपाईंहरुको दायित्व हो । यसलाई इमानदारितापूर्वक निभाउनुहोस् भन्न चाहन्छु । साथै मेरा भावनाहरु पोख्ने मौका दिनुभएकोमा साधना पत्रिकाको टिमलाई पनि धेरै–धेरै धन्यवाद दिन चाहन्छु । समाचारपत्र दैनिकबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल