रुकुम-पश्चिम घटनाको बिरोधमा राजधानीमा मसाल जुलुश प्रदर्शन (फोटोफिचर सहित)
तश्विर देशसञ्चार

रुकुम-पश्चिम घटनाको बिरोधमा राजधानीमा मसाल जुलुश प्रदर्शन (फोटोफिचर सहित)

काठमाण्डाैंः रुकुमको पश्चिममा नवराज विकसहित ६ जना युवकहरुको हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै शनिबार राजधानीका विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको छ ।

शनिबार साँझ एउटा समूहले काठमाण्डाैंको बाङ्गेमुढादेखि कमलाक्षीसम्म मसाल जुलुस प्रदर्शन गरेको थियो भने अर्को समूहले इन्द्रचोकबाट मसाल जुलुस निकालेको थियो।

प्रहरीले मसाल जुलुसलाई नियन्त्रणमा लिन सामान्य बल प्रहार गरेको थियो । बाङ्गेमुढा र इन्द्रचोक दुवैतर्फबाट निस्केको जुलुस रत्नपार्कको शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। त्यस्तै, अर्को  मसाल जुलुस पनि शान्तिबाटिकासम्म आएको थियो।

उनीहरुले ‘नालायक सरकार मुर्दाबाद’, ‘जातीय विभेदको अन्त्य गर’, ‘नालायक गृहमन्त्री राजीनामा दे’ लगायत नारा लगाएका थिए। जुलुसमा सहभागी हुने क्रममा राजु सुनुवार घाइते भएका छन्।

राजधानीका केही दिनयता रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै विभिन्न समूहहरुले विभिन्न स्वरुपका प्रदर्शनहरु गरिरहेका छन्। तश्विरहरुः देशसञ्चारबाट

Leave a Reply