सदाबहार खबरको रफ्तार ....
बैसाख १६, २०८१ आइतबार
April 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देशको विकास र समृद्धि प्रजातन्त्रमा मात्रै सम्भव : सभापति शर्मा

२०८० चैत्र १५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले देशको समृद्धि र विकास प्रजातन्त्रमा मात्रै सम्भव हुने बताउनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको सम्मानमा नेपाली कांग्रेस गण्डकी प्रदेश भातृ सङ्घ समन्वय विभागद्धारा आज पोखरामा आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो ।

समाजवादको मूल आधार प्रजातन्त्र भएको हँुदा त्यसलाई बलियो बनाउन कांग्रेसका हरेक कार्यकर्ता सक्रिय हुनुपर्नेमा उहाँको जोड थियो । गण्डकी प्रदेश जनजातिको बाहुल्यता भएको प्रदेश भएकाले उनीहरुमा सम्मृद्धि क्षमता विकासका कांग्रेसले आफ्ना नीति तथा कार्यक्रम अगाडि सार्नुपर्ने भनाइ उहाँको छ ।
प्रजातन्त्रका प्रत्येक आन्दोलनमा गण्डकी प्रदेशका आदिवासी जनजातिले खेल्दै आएको योगदानलाई भुल्न नसकिने बताँउदै उहाँले जनजातिले आफ्नो संस्कृति, वेषभूषा र रीतिरिवाजलाई विर्सन नहुनेमा जोड दिनुभयो ।

‘माओवादी द्वन्द्वमासमेत विचलित नभएका कांग्रेस कार्यकर्ताले प्रजातन्त्रको रक्षाका निम्ति पु¥याएको योगदान अतुलनीय छ, सभापति शर्माले भन्नुभयो,“कांग्रेस बलियो बनाउन सक्याँै भने हरेक व्यक्तिले स्वतन्त्रपूर्वक बाँच्न र आफ्ना गतिविधि निर्धक्कसाथ सञ्चालन गर्न सक्छ ।” ‘प्रजातन्त्रमा मात्र व्यक्ति स्वतन्त्रता, स्वतन्त्र प्रेस तथा स्वतन्त्र न्यायालयको सम्भव छ, नेता शर्माले भन्नुभयो–“बिपीको प्रजातान्त्रिक समाजवादको बाटोबाट कांग्रेस अगाडि बढ्न जरुरी छ ।” कांग्रेस जनतालाई नै मालिक मानेर अगाडि बढ्न पार्टी भएकाले सम्पूर्ण नेपालीको भविष्य कांग्रेसमा नै भएको भनाइ उहाँको छ ।

देशमा भएका भ्रष्टाचारलाई नियन्त्रण गरी आम जनतामा सुशासनको प्रत्याभूति दिलाउन कांग्रेसले आफ्नो अभियान देशव्यापी रुपमा सञ्चालन गर्दै नेपाली जनतालाई कांग्रेसप्रति आकर्षित गर्न जरुरी भएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले भूगोलको मात्र नेपाल नभएर यहाँका हरेक जातिको धर्म, संस्कृति, भाषा, रीतिरिवाज र वेशभूषा पनि नेपाल भएको बताउनुयो । यहाँका हरेक जाताजातिको महत्व त्यतिकै भएकाले पछाडि परेको जातजातिको सर्वाङ्गीण विकासका लागि कांग्रेसले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो ।

कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले कांग्रेसका हरेक कार्यकर्ताले पार्टीको हितमा सक्रिय भएर काम गर्न सक्यौँ भने कांग्रेस बलियो हुने बताउनुभयाो । सो अवसरमा कांग्रेसका नेता माधव बास्तोला, कोपिला रानाभाट, सीता गुरुङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष जीतबहादुर गुरुङ लागायतले आफ्नो भनाइ राख्नु भएको थियो । उक्त बधाई तथा शुभकामना कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश भातृ सङ्घ समन्वय विभागका प्रमुख अजित क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

नेपालमा लगानीका लागि धेरै सम्भावना छन्ः मन्त्री चौधरी

बेथिति र बिकृतिको समुल अन्त्य गर्न आन्दोलनको बिकल्प छैन- कमल थापा

मधेस प्रदेशमा मन्त्रिमण्डल विस्तार, तीन राज्यमन्त्री

विदेशी मुद्रामा नाफा लैजाने सुनिश्चितताले लगानीको आकर्षण बढाएकोः प्रधानमन्त्री (पूर्णपाठ)

कतारमा रहेका ४३ जना जसपामा प्रवेश

नेपालमा भारतीय लगानी प्रोत्साहन गरिनेछ: राजदूत श्रीवास्तव

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्- प्रधानमन्त्री

वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्ति एकताबद्ध हुनुपर्छ: अध्यक्ष नेपाल

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो