सदाबहार खबरको रफ्तार ....
बैसाख १८, २०८१ मंगलबार
April 30, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साहित्यकारद्वय त्रिपाठी र बन्धुलाई मनिराज वाङ्मय पुरस्कार

२०८० चैत्र २७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले दुई जना साहित्यकारलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरेको छ।

प्रतिष्ठानले वरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्राध्यापक डा. वासुदेव त्रिपाठी र वरिष्ठ संस्कृतिविद्, साहित्यकार एवम् भाषाविद् प्राध्यापक डा. चूडामणि बन्धुलाई सो पुरस्कार प्रदान गरेको हो।

आज धनगढीमा आयोजित एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुरस्कार हस्तान्तरण गर्नुभयो।पुरस्कारकोराशि एक लाख रुपियाँ रहेको छ।

धनगढीका महाकाव्यकार तथा ज्योतिषी मनिराज जोशी र उहाँका परिवारका सदस्यहरु गोविन्द, तारा र वसन्तराज जोशीले मनिराज वाङ्मय पुरस्कारको स्थापना गर्नु भएको थियो।सो पुरस्कार नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले हरेक वर्ष नेपालका मूर्धन्य साहित्यकारलाई प्रदान गर्दै आएको छ।पुरस्कारका लागि जोशी परिवारले १० लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ।

प्रतिष्ठानले विगत छ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार पद्मराज जोशीले बताउनुभयो।

प्रतिष्ठानले यसअघि, राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राज्ञ दधिराज सुवेदी, पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र उपन्यासकार, कथाकार तथा समालोचक तुल्सी भट्टराईलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिसकेको छ।२०७८ र २०७९ मा प्राधिक कारणवस वितरण हुन नसकेको पुरस्कार यसवर्ष एकै पटक प्रदान गरिएको अध्यक्ष जोशीले बताउनुभयो।

यसैगरी साहित्यकार एवम् पण्डित लक्ष्मीकान्त जोशी रेग्मी र साहित्यकार नारा जोशीलाई क्रमशः जयराज पन्त र नृपबहादुर स्वाँर पुरस्कार प्रदान गरिएको छ। गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

नेता महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

अन्तर्राष्ट्रिय कवि सम्मेलन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

तीन सर्जकका तीन कृति लोकार्पण

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई