सदाबहार खबरको रफ्तार ....
बैसाख २६, २०८१ बुधबार
May 8, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बेपत्ता बालकका घाईते बुवालाई सेनाको होलिकोप्टरबाट उद्धार

२०७७ असार १६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जाजरकोट भेरी नगरपालिका ११ जगतिपुरका दुई बर्षिय एक बालक पहिरोमा परि बेपत्ता भएका छन् ।

भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर पहिरोमा बेपत्ता भएका हुन् । आईतवार राती अविरल वर्षका कारण घर नजिकै आएको पहिरोमा परि बेपत्ता बालकलाई दिनभर खोज्दा पनि फेला पर्न सकेका छैनन् ।

गंम्भीर घाईते गणेशलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरि कोहलपुर मेडिकल कलेज लगेको छ । घाईतेलाई सुर्खेत लगेपनि त्यहाँ उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेजमा उपचारको लागी लिएको हो । राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माको पहलमा घाईतेको उद्धार भएको हो ।

घर नजिकैबाट परिहो आउन थालेपछि गणेश वरको परिवार पशु चौपायाको उद्धार गर्न निस्केको समयमा बालक बेपत्ता भएका हुन् । पहिरो आएपछि चौपायकाको उद्धार गर्न श्रीमति सहित बालक बाहिर निस्केको बेला आमाको काखमा थियो । श्रीमान पहिरोमा लडेपछि श्रीमानलाई वचाउन खोज्दा छोरालाई पहिरोले कता लियो थाहा भएन आमाले भन्नु भयो ।

पहिरोमा बेपत्ता बालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । घर जनिर्क खहरे खोला भएकोले पहिरो त्यहि खहरेमा मिसिएको हुदाँ भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रमुख किशोर कुमार श्रेष्ठले बताउनु भयो ।

स्थानियबासी र प्रहरीले दिनभर खोज्दा पनि बेपत्ता बालक भेटाउन नसकेको प्रहरी प्रमुख श्रेष्ठले बताए । बर्षायम शुरु भएसगै पहिरो जान थाले पछि स्थानिय नागरिकहरु त्रसित बन्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

चालुआवको हालसम्म छ बाघ मृतवस्थामा भेटिए

खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गरेको काठमाडौँ महानगरको दाबी

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौं

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

सुधार केन्द्रमा बसेका युवाको मृत्यु

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

कालीकोटका किसानलाई गोठालो भत्ता !

हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

सुनकोसी मरिण डाइभर्सनको सुरुङको आज ब्रेक थ्रू

कस्तो छ आजको मौसम ?

आज विश्व रेडक्रस दिवस