सदाबहार खबरको रफ्तार ....
बैसाख ३०, २०८१ आइतबार
May 12, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने

२०८१ बैसाख १३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्को सहयोगमा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा यही वैशाख २७ र २८ गते वीरेन्द्रनगरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको हो ।

खोज अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले कर्णालीमा पहिलोपटक युवा वैैज्ञानिक सम्मेलन गर्न लागिएको कर्णाली प्रदेश सरकारले जनाएको छ । सम्मेलनमा सातवटै प्रदेशबाट युवा वैज्ञानिकलाई सहभागी गराइने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा प्रमुख जहारलाल हमालले जानकारी दिनुभयो ।
“विज्ञानको क्षेत्रमा भएका अध्ययन, अनुसन्धानलाई एक ठाउँमा ल्याएर अध्ययन अनुसन्धानलाई प्रोत्साहित गर्ने एउटा पाटो हो, उहाँले भन्नु्भयो, “अर्को भनेको युवा वैज्ञानिकहरूलाई एक ठाउँमा भेला गराएर अनुभव आदान–प्रदान गरी उनीहरुका अध्ययन, अनुसन्धानलाई अझै फराकिलो बनाउँदै विज्ञानको क्षेत्रमा चासो बढाउनु कार्यक्रमको उद्देश्य हो ।”
सम्मेलनमा सहभागी हुन चाहने १६ देखि ४० वर्ष समूहका वैज्ञानिकहरुले वैज्ञानिक खोज, अनुसन्धान, सर्वेक्षण आफ्नो वायोडाटासहित पठाउन आग्रह गरिएको छ । प्राप्त निवेदन अध्ययन गरी युवा वैज्ञानिकहरूलाई सम्मेलनमा सहभागी गराइने हमालले बताउनुभयो ।
यो सम्मेलनले युवा वैज्ञानिकहरूलाई खोज अनुसन्धानमा लाग्नका लागि अझै प्रेरित गर्ने मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डिन सुदीप ठकुरीले बताउनुभयो । “कर्णालीमा राष्ट्रियस्तरको पहिलोपटक युवा वैज्ञानिक सम्मेलन हुँदैछ, यसले हाम्रा विज्ञान क्षेत्रका विद्यार्थीलाई खोज अनुसन्धान गर्नका लागि प्रेरित गर्ने अपेक्षा छ”, उहाँले भन्नुभयो । सम्मेलनले विज्ञान क्षेत्रलाई अझै सघाउ पुग्ने भन्दै सबै युवा वैज्ञानिकलाई सहभागिता जनाउन उहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप

Gorkhapatra enters 124th year of publication

डीभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

चन्द्रमाबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँः प्रधानमन्त्री

बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन नदिन फ्रान्सका विज्ञ समूहको सुझाव

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै