सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८१ शुक्रबार
May 10, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण चर्को मूल्य तिरेर निजी मेडिकलमा धाउन बाध्य भएका छन् ।

विपन्न तथा गरिब परिवारका सर्वसाधारणले निजी मेडिकलबाट चर्को मूल्यमा रेबिजविरुद्धको खोप किन्नुपर्दा मर्का परेको बताएका छन् । “दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दैआएको छु, कुकुरले टोकेपछि निःशुल्क सुई पाइन्छ भनेर यहाँ आएँ, तर यहाँ सुई छैन, किनेर ल्याउन भने”, कुकुरले टोकेपछि खोप लगाउन भेरी अस्पताल आउनुभएका नेपालगञ्ज उपमहानगरपालिका–१७ परसपुरका ४१ वर्षीय यासिन अलिले भन्नुभयो, “मजस्तो दैनिक ज्यालादारी गरेर जीवन चलाउने मान्छे यति महँगोमा सुई किनेर लगाउन पर्दा मर्कामा छु ।”

अलिले अस्पताल बाहिर मेडिकलबाट रेबिजविरुद्धको एउटा खोपको रु छ सय २५ तिरेर किनेको बताउनुभयो । निःशुल्क रुपमा सरकारले प्रदान गर्ने खोपलाई सर्वसाधारणले यति धेरै मूल्यमा किन्नुपर्दा मर्कामा परेको उहाँको भनाइ छ । त्यसैगरी राजापुर नगरपालिका–९ इश्वरीगञ्ज बर्दियाका हरिलाल थारुले पनि त्यति टाढाबाट नेपालगञ्ज आउँदा पनि निःशुल्क खोप नपाउँदा दुःख लागेको बताउनुभयो ।

अस्पतालको एआरभी विभागमा कुकुर बिरालोले टोकेका दैनिक एक सयभन्दा बढी सर्वसाधारण नागरिक रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् । “दैनिक ४० देखि ५० जना नयाँ बिरामी आउँछन्, त्यति नै सङ्ख्यामा पुराना बिरामी पनि आउँछन, दैनिक सयभन्दा बढी कुकुरले टोकेका बिरामी यहाँ आउँछन्” भेरी अस्पतालका एआरभी विभागका सिनियर अहेब कृष्णबहादुर बुढाथोकीले भन्नुभयो, “अस्पतालमा खोप छैन, सबैलाई बाहिरबाट किनेर ल्याउन भन्छौँ ।”

उहाँका अनुसार गत चैत २२ गतेदेखि नै अस्पतालको एआरभी विभागमा रेबिजविरुद्धको खोप सकिएको छ । कुकरले टोकेपछि तीनवटा रेबिजिविरुद्धको खोप लगाउनुपर्ने उहाँले बताउनुभयो । अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार

कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने

अस्पतालमा न्यूरो र जनरल सर्जरीको विशिष्टिकृत सेवा

लोपोन्मुख र सीमान्तकृतको निशुल्क स्वास्थ्य बीमा गराउँदै बागमती प्रदेश सरकार

परिषद्को अध्यक्ष खुल्ला प्रतिस्पर्धाबाट गर्नुपर्नेमा जोड

आफूखुसी औषधि सेवन घातक

इन्सुलिनको ओभरडोज दिएर बिरामीको हत्या गर्ने नर्सलाई ७०० वर्षको जेल सजाय

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन

निद्रा लाइरहने समस्या त छैन ? यी भिटामिनको कमीले हुन्छ यस्ताे समस्या

दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु

पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गरिने

चार सय २८ जनाको निःशुल्क स्वास्थ्य बीमा