सदाबहार खबरको रफ्तार ....
जेठ ४, २०८१ शुक्रबार
May 17, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एनसेलले ल्यायो भारत, चीन र बङ्गलादेश भ्रमणमा जानेका लागि डेटा रोमिङ

२०८१ बैसाख १७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विभिन्न प्रयोजनका लागि छिमेकी देश भारत, चीन र बङ्गलादेश जाने सेवाग्राहीका लागि एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ ।

याे प्याक शुरु गर्ने बित्तिकै सेवाग्राहीले डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५ सय एमबी बोनस डेटा प्राप्त गर्ने एनसेलले जनाएकाे छ । यो प्याक करसहित एक सय रुपैयाँमा शुरु गरी तीन दिनका लागि बोनस डेटा र रोमिङ सेवा लिन सकिनेछ ।

याे प्याक एस्ट्रिक्स १७१२९ एस्ट्रिक्स ५ ह्यास डायल गरी लिन सकिने एनसेलले जनाएकाे छ । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै– एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यमहरूमार्फत पनि शुरु गर्न सकिनेछ । भ्रमणमा जाने सेवाग्राहीले आफ्नो सञ्चार आवश्यकताअनुसार जति पटक पनि यो प्याक किन्न सक्नेछन् ।

यो प्याकले सीमावर्ती शहरबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता सेवाग्राहीकाे रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने कम्पनीले जनाएकाे छ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने सेवाग्राहीलाई पनि विशेष महत्त्व राख्दछ । साथै व्यापार व्यवसाय, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि चीन र बङ्गलादेश जाने सेवाग्राहीलाई पनि यो प्याक महत्त्वपूर्ण हुन्छ ।

यो प्याक लिनेबितिकै विना कुनै झन्झट रोमिङ सेवा स्वतः शुरु हुन्छ । भारतको हकमा ग्राहकले इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । अब सेवाग्राहीले करसहित १६ रुपैयाँ ४८ पैसा प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ करसहित छ रुपैयाँ ३४ पैसामा एसएमएस पठाउन सक्छन् ।

चीन र बङ्गलादेशको हकमा भने सेवाग्राहीले बोनस रोमिङ डेटा प्रयोग सम्पर्कमा रहन सक्छन् र विद्यमान दर र शुल्कमा अन्य सेवा प्रयोग गर्न सक्छन् । एकपटक शुरु गरेपछि प्याक तीन दिनसम्म मान्य रहने र सेवाग्राहीले आफ्नो बसाइ र सेवा आवश्यकताहरूको आधारमा यो प्याक जाति पटक पनि लिन सक्ने एनसेलले जनाएकाे छ ।

यो प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्ट पाइन्छ र जुन छिमेकी देश भ्रमणमा गएको हो त्यही देशको सिम लिराख्नु पर्दैन । पछिल्ला वर्षमा रोमिङ सेवा धेरै सहज भएका छन् र सेवाग्राहीका लागि यो सेवा किफायती र झन्झटमुक्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

च्याटजिपिटीको नयाँ संस्करण जिपिटी-४० लन्च

एनसेलले ल्यायाे सधै अन प्लान, डेटा सकिएपनि अब ब्यालेन्स नकाटिने

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

रासस प्रधानसम्पादक र प्रमुख समाचारदाताको जिम्मेवारी हेरफेर

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित

माइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश

भिभोले ल्यायो पर्फेक्ट मदर्स डे उपहार

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

सीप मेलामा मोवाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप

Gorkhapatra enters 124th year of publication

डीभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न