सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सहकारी ठगीको विषय रहेको ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक

२०८१ बैसाख १७, सोमबार

काठमाण्डौः वैशाख २८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

कमेडी शैलीमा निर्माण भएको फिल्मको ट्रेलरमा कमेडीले नै प्राथमिकता पाएको छ । ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ । यसले फिल्ममा सहकारीको ठगीको विषय पनि रहेको अनुमान लगाउन सकिन्छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनीता थापाले नै प्राथमिकता पाएका छन् । फिल्ममा दुई तीनवटा थिमबाट निर्माण भएको निर्देशक सिमोस सुनुवारले बताए । ‘अहिले टिकटक जेनरेशनले गर्दा एक मिनेटको भिडियोमा पूर्ण कथा खोज्ने दर्शक छन् ।

त्यसैले एउटै थिममा २, ३ घण्टा तन्काउनुभन्दा पनि एउटै थिम भित्र साना–साना ३ वटा कथा समेत भन्ने प्रयास फिल्ममा गरेको छु’,सुनुवारले भने । फिल्ममा फेन्ससिप, रोमान्स र सामाजिक विषय समेत रहेको निर्देशन सुनुवारले खुलाए । ‘फिल्म पूर्ण मनोरञ्जनात्मक हिसाबले निर्माण भएको छ । दर्शकले रुचाउने अपेक्षा छ’ उनले थपे । अभिनेत्री नीतिले फिल्ममा डेब्यु अवसरका लागि निर्माण युनिटलाई धन्यवाद दिएकी छिन् ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा निर्माता नवीन मानन्धर तथा निर्देशक सुरज सुनुवार हुन् । सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डी गुरुङ हुन् ।

अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका कलाकारहरूको अभिनय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

धमलाको टिभीमा ‘कमेडी दरबार’, असार १४ बाट प्रसारण हुने {भिडियो}

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

अभिनेता साहिल खान गिरफ्तार (भिडिओ)

अनमोलको ‘फर्की फर्की’ ट्रेलर दुई दिनमा नै २२ लाख पटक हेरियो

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक

दयाको जन्मदिनमा `डिग्री माईला` को शिर्ष गीत

यस्तो छ भन्सालीको वेब सिरिज ‘हीरामन्डी’ को ट्रेलर (भिडिओ)

डिग्री माइलाको गीत सार्बजनिक

सौगात र विपिन अभिनित फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्वजनिक

प्रतिनिधिसभा बैठक जारी [लाइभ]

गायक अर्जुन कुँवरको नयाँ गीतमा अन्तरजातीय प्रेमको कुरा (भिडियोसहित)