सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हमास र इजरायलबीचको वार्ता विफल, वार्ता भाडिए लगत्तै हमासको आक्रमण

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध विरामका लागि भएको वार्ता निष्कर्ष विहिन भएको छ ।

इजिप्टमा भएको वार्तामा दुवै पक्ष एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएपछि वार्ता भाडिएको हो । वार्ता टुंगोमा नपुग्नुको दोष दुबैले एक अर्कालाई थोपरेका छन् ।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासका कमाण्डर इस्माइल हानियेका कारण वार्ताले गति नलिएको आरोप लगाए । गाजामा संघर्षविराम र इजरायली बन्धकलाई रिहा गर्ने उद्देश्यअनुुसार इजिप्टको राजधानी कायरोमा वार्ता भएको थियो ।

वार्ता निष्कर्ष विहीन भएलगत्तै इजरायल र गाजाको बीचमा पर्ने एक प्रहरी चौकीमा रकेट हमला भएको छ । गाजा क्षेत्रबाट भएको सो हमलामा आफ्ना तीन सैनिक मारिएको र केही घाइते भएका इजरायलले जनाएको छ ।

यसैबीच इजरायलको तेल अभिव शहरमा सरकारविरुद्ध फेरि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले हमासले बन्धक बनाएकालाई सकुशल रिहा गराउन इजरायल सरकारसँग माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इजरायलको युद्ध मन्त्रीपरिषद्को सदस्यले दिए नेतान्याहुलाई अल्टिमेटम

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

अफगानिस्तानमा गोली हानाहान प्रकरणः तीन स्पेनिस नागरिकको मृत्यु भएको पुष्टि

पाकिस्तानले ‘चाइल्ड स्टन्टिङ’ विरुद्धको अभियान सुरु गर्ने

संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान ! कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने

गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी

अमेरिकाले समुद्री मार्गबाट ​​सहायताको पहिलो खेप गाजा पुर्यायो

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

चीन भ्रमणमा पुटिन