सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महिला जनप्रतिनिधि भन्छन्—हामीले बजेट चलाउन कहिले पाउने ?

२०८१ बैसाख २४, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मधेश प्रदेशका स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले आफूहरूले बजेट निर्माण प्रक्रिया र योजनाबारे बुझ्न नपाएको गुनासो गरेका छन् ।

आइतबार मान्डवी नामक गैरसरकारी संस्थाले रौतहटको चपुरमा अयोजना गरेको महिला जनप्रतिनिधि र पत्रकारहरूबीचको अन्तरक्रियामा महिला जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–१६ की दलित महिला सदस्य शान्तिदेवी दासले आफूले बजेटबारे बुझ्ने अधिकार अझै नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,“हामी निर्वाचित भएको दुई वर्षभन्दा बढी भयो तर अहिलेसम्म बजेट बनाउने र कार्यान्वयन गर्ने विषयमा कुनै जानकारी छैन । जानकारी दिन आवश्यक पनि ठान्दैनन् ।”

मिथिला नगरपालिका–११ कि सदस्य बिन्दु भित्रिकोटीले पनि महिलाले थाहा पाएमा विरोध गर्लान् भन्ने सोचले आफूहरूलाई आर्थिक अधिकारका विषयमा जानकारी दिनै नचाहेको गुनासो गर्नुभयो । “संविधानले व्यवस्था गरेपछि बाध्य भएर हामीलाई नेतृत्व दिएका छन् तर अझैसम्म स्विकारेका छैनन् । महिला सशक्त भएको देख्न नचाहने प्रवृत्तिका कारण समस्या भइरहेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सहभागी महोत्तरी, पर्सा, सिरहा र सप्तरीलगायत जिल्लाका अधिकांश महिला वडा सदस्यले आफूहरुलाई बहुमत पुर्याउन हस्ताक्षरकर्ताका रूपमा मात्र सीमित गर्न खोजिएको आरोप लागाउनुभयो ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री बिमला राई पौडयालले स्थानीयस्तरमा मात्र नभई राष्ट्रियसभा र प्रतिनिधिसभामा समेत महिला र पुरुष प्रतिनिधिबीच विभेद हुने गरेको बताउनुभयो । यस्ता विषयलाई आमसञ्चार माध्यमले पनि स्थान नदिएको उहाँको भनाइ थियो । “महिला र पुरुष सांसदले उठान गर्ने विषय र मुद्दामा नै धेरै भिन्नता छ । एउटा संसदमा पुरुष र महिला सांसदले बोलेका कुरामा पनि सञ्चारमाध्यमले पुरुषका भनाइ र उठान गरेका मुद्दालाई प्राथमिकता दिने गरेको मैले पनि महसुस गरेकी छु”, पौड्यालले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कस्तो आजको मौसम पूर्वानुमान ?

केबलकार परियोजनाविरुद्ध घोषित यातायात बन्द चार दिनपछि फिर्ता

बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

राति चट्याङ र हावाहुरीसहित मध्यमसम्म वर्षा हुने प्रक्षेपण, बढी सम्भावना कता ?

वाग्मती सफाइ अभियानमा छ हजार बिरुवा रोपिए

कोरियाबाट फर्केर माछापालनमा पुन

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

आइपिएलमा आज चेन्नई र रोयल च्यालेन्जर्सको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा

कस्तो छ आजको मौसम पूर्वानुमान ?