सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मध्यपश्चिम विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउँछौँ : उपकुलपति गौतम

२०८१ बैसाख २५, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउने बताउनुभएको छ ।

आज कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विश्वविद्यालयद्वारा नवनियुक्त उपकुलपति प्राडा गौतमको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा उहाँले प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकेमात्र विश्वबजारमा बिक्न सक्ने बताउनुभयो । “हामीले चार सय वर्ष पुरानो इतिहास बोकेका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्नेछ,” उहाँले भन्नुभयो, “खोज, अध्ययन, अनुसन्धान र अन्वेषण कार्य क्षमतालाई बढाउँदै लैजान्छौँ ।”

विश्वविद्यालय बनाउने अभियानमा सबैको ऐक्यबद्धता आवश्यक रहेको जनाउनुहुँदै उपकुलपति गौतमले भन्नुभयो, “मध्यपश्चिम विश्वविद्यालयको विकासमा मैले सकेको सबै प्रयास गर्नेछु । यद्यपि मेरो एक्लो प्रयासले केही हुँदैन । सबै सरोकारवालाले सहयोग गर्नुपर्दछ, अनिमात्र विश्वबजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्न सकिन्छ ।”

विश्वविद्यालय ज्ञान र सिर्जनाको भण्डार भएको बताउनुहुँदै उहाँले आर्थिक रुपले विश्वविद्यालयलाई आत्मनिर्भर बनाउनुपर्ने जिम्मेवारी काँधमा आएको उल्लेख गर्नुभयो । सेवा गर्ने कर्मचारी र संरचना निर्माणमा विश्वविद्यालय प्रशासनले ध्यान दिने उपकुलपति प्राडा गौतमको भनाइ थियो । उहाँले मध्यपश्चिम विश्वविद्यालयलाई विश्वप्रतिष्ठित विश्वविद्यालयका रुपमा स्थापित गर्ने गरी कार्य प्रारम्भ गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

कक्षा ९ मा पढ्ने सबैलाई निःशुल्क साइकल

‘म स्वदेशमै पढ्छु’ विद्यार्थी महोत्सव जारी

अब शिक्षकले राजनीतिक दलको कार्यकर्ता हुनै नपाउने

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

‘चित्रकला’ र ‘मूर्तिकला’ बाट सिपसँगै जीवनको रङ्ग पहिचान गर्दै विद्यार्थी

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड