काठमाडौः भक्तपुरको सुर्यबिनायक स्थित कपास फ्याक्ट्रिमा आगलागी भएको छ । सूर्यविनायक नगरपालिका वडा नं २ बाल्कोट स्थित सरिता चौलागाईले संचालन गरेको मनकामना कपास फ्याक्ट्रिमा बिहान ०५:३० बजे अचानक आगलागि भएको हो ।
आगो नियन्त्रणको लागी भक्तपुरवाट २ वटा, काठमाण्डौबाट १ र ललितपुरबाट १ वटा गरि ४ वटा दमकल तथा नेपाली सेना, नेपाल प्रहरी र स्थानियबासिन्दाको सहयोगमा उक्त आगो सवा ७ बजे नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट ढेड रोपनी जग्गामा फैलिएको कपास फ्याक्ट्रि भएको टिन छानाको १ वटा घर, २ वटा कपास पेल्ने मेसिन तथा कपासबाट बनेका सिरक, डसना तथा गुडियाहरू पूर्णरूपमा जलेर नष्ट भएको छ । उक्त आगलागि कसरी लाग्यो भन्ने बिषयमा प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
उक्त आगलागीबाट करिब ६०/७० लाख बराबरको क्षति भएको सरिता चौलागाईले बताएकी छन् ।
