सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दशैंमा बाहिरिने यात्रुका लागी अग्रिम टिकट (बुकिङ्ग) खुला

२०७६ असोज ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ :  यातायात व्यवस्था विभागले राजधानीबाट दशैँमा बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार आइतबार बिहान १० बजेदेखी टिकट बुकिङ खुला गरेको हो ।

बुकिङ खुला गर्नु अघिल्लो दिन शनिबार नयाँ बसपार्कमा यात्रु बोक्ने गाडीको प्राविधिक पक्षको चेकजाँच समेत गरिएको विभागको दावी छ । हमालका अनुसार असोज १० गतेबाट सुरु गर्ने भनिएको नागरिक सहायता कक्ष टिकट बुकिङसँगै आजैदेखी सुरु भएको बताएका छन्  ।

उपत्यकाका काठमाण्डौ र भक्तपुरका विभिन्न स्थान (गौशाला, नयाँबसपार्क, चाबहिल, कोटेश्वर, बल्खु, कलंकी, नागढुंगा) बाट टिकट बुकिङ खुला रहनेछ । टिकट काउन्टर रहेका स्थानमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारी, उपभोक्ता समाजका प्रतिनिधिहरूको समेत उपस्थिति रहनेछ । यसको साथै दशैँका बेला टिकट लिन यात्रुहरुलाई सजिलो होस भनेर यातायात व्यवस्था विभागबाट अनुगमन टोली र नेपाल प्रहरीले सादा पोशाकमा प्रहरी खटाई सकेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

आजको मौसम: चार प्रदेशमा भारी बर्षा हुने, अन्त छिटफुट पानी पर्ने

सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध