सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

२०८१ जेठ २, बुधबार

काठमाण्डौः यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।

बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ ।  गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ । नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्म जातीय विभेदविरुद्धको कथामा बनेको फिल्मको ट्रेलर र गीतबाट बुझ्न सकिन्छ ।

आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमिका निभाएकी छन् । प्रदीप भने दमाई चरित्रमा छन् । उनको मगर समुदायकी परीक्षा लिम्बूसँग माया बसेको छ । फिल्ममा पलको सानो भूमिका भएपनि जातीय विभेदविरुद्ध लड्ने युवाको रहेको छ ।

दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको यो फिल्ममा मोहन निरौला, शङ्कर आचार्य, प्रेम सुब्बा, तारा शर्मा, सुवास गजुरेल, लोकेन्द्र लेखक, विद्या कार्की, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)