सदाबहार खबरको रफ्तार ....
श्रावण ९, २०८१ बुधबार
July 24, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सलमानको सिकन्दरमा हलिवुडको जस्तो एक्शन

२०८१ जेठ ३२, शुक्रबार

काठमाण्डौः सलमान खान आफ्ना फ्यानका लागि सिकन्दर ल्याउन लागेका छन् । यो फिल्म अर्को वर्ष रिलिज हुने भए पनि यसको निकै चर्चा भइरहेको छ ।

गजनी जस्ता ब्लकबस्टर फिल्म बनाएका एआर मुरुगादासले यो फिल्म निर्देशन गर्दैछन् । यो फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन् । हालै निर्माण पक्षले सामाजिक सञ्जालमार्फत चलचित्रको छायांकन जुन १८ गतेबाट सुरु हुने जानकारी दिएको थियो । मिडिया रिपोर्टका अनुसार फिल्मको एक्सन दृश्यहरू मिशन इम्पोसिबलका स्टन्ट निर्देशकले डिजाइन गर्नेछन् ।

टम क्रुजको चर्चित जम्प सीन फिल्म गर्ने एक्सन निर्देशकहरू पनि सलमान खानको फिल्मसँग जोडिने बताइएको छ । यो खबर बाहिर आएसँगै फ्यानहरुको अपेक्षा निकै बढेको छ ।

यस वर्ष इदको अवसरमा सलमानले फ्यानलाई उपहार दिँदै आफ्नो फिल्मको घोषणा गरेका थिए । अभिनेतासँग दक्षिणकै चर्चित अभिनेत्री रश्मिका मन्डन्ना पनि देखिनेछिन् । फिल्म आगामी वर्षको इदमा ११ अप्रिलमा हलमा रिलिज हुनेछ ।

सलमान सिकन्दरभन्दा पहिले टाइगर ३ मा देखिएका थिए । मनिष शर्मा निर्देशित यो फिल्मले बक्स अफिसमा सोचे अनुसार कमाई गर्न सकेन । फिल्ममा शाहरुख खानको पनि क्यामियो रोल थियो तर यो फिल्मले दर्शकमा खासै जादू छाड्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक

फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक

फिल्म मोदीबेनीको ‘मञ्जुरी’ गीतमा बर्षा र अमरको रोमान्स

‘बेहुली फ्रम मेघौली’ को र्‍‍याप गीत- बिहे गर्ने कि नगर्ने

यस्तो छ राजनराज सिवाकोटीको नेवाः फ्युजन गीत (भिडियो)

दयाहाङ र मिरुनाको ‘घरज्वाइँ’को ट्रेलर सार्वजनिक

फिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्बजनिक

‘ए बालेन आईदेउन’ सार्वजनिक (भिडियोसहित)

देउडा गीत ‘महलको वन रैछ’ सार्वजनिक (भिडिओ)

प्रतिनिधिसभा बैठक सुरू {लाईभ}

‘लण्डन टु पेरिस’ को डान्सिङ नम्बर ‘सुवी डु’ सार्वजनिक

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक