काठमाण्डौः सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक गरिएको छ
। यो फिल्म जोन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ मा आधारित छ । फिल्मको ट्रेलर रिलिज भएको ४५ मिनेटमै १ लाखभन्दा बढीले हेरेका छन् भने ८ हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् ।
फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना सांघीले शीर्ष भूमिका निभएका छन् । फिल्ममा मुकेश चब्राको निर्देशन छ भने एआर रहमानको संगीत छ ।
सुशान्तले गत १४ जुनमा आत्महत्या गरेका थिए । प्रहरीले उनले आत्महत्या गर्नुको कारण खोज्दै अनुसन्धान गरिरहेको छ ।
भिडियो हेर्नुहोसः
