सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रधानमन्त्रीको समर्थन गर्दै वीरगन्जमा मोटरसाइकल र्‍याली, (फोटोफिचर)

२०७७ असार २४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पर्सामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा मोटरसाइकल र्‍याली निकालिएको छ।

वीरगन्ज हुने प्रदर्शनहरूमा छेवैमा रहेको भारतीय महावाणिज्य दूतावासको पनि प्रायः केही संकेत हुने गर्दथ्यो।  तर बुधबारको र्‍यालीमा त्यस्तो कुनै छनक देखिएन। वीरगन्जको विपी उद्यानबाट सुरु भएको मोटरसाइकल र्‍याली घण्टाघर, माइस्थान, आदर्श नगर, मकालु होटल चोक, घडिअर्वा हुँदै वीरगन्ज बजार परिक्रमा पछि पुनः घण्टाघर चौकमा पुगेर कोण सभामा परिणत भएको हो।

र्‍यालीमा सहभागी युवाहरुले नेपालको पूर्ण आकारको नक्सा अंकित ब्यानर सहित नेपालको झण्डा बोकेका थिए। उनीहरुले बोकेको ओलीको फोटो सहितको ब्यानरमा ‘देशको मुहार फेर्नु छ साथी, पार्टी भन्दा राष्ट्र माथि’ लेखिएको थियो।  प्रदर्शन गर्दै मोटरसाइकल र्‍यालीमा सहभागी युवाहरुले ‘सरकार ढाल्न पाइँदैन’ आज र भोलि केपी ओली, ‘पार्टी एकता जिन्दावाद’ विदेशी हस्तक्षेप चाहिँदैन कसैको उक्साहटमा चलखेल बन्द गर जस्ता नारा लगाएका थिए।

र्‍याली स्वतन्त्र युवा समाजको अगुवाइमा भएको हो। नेकपाका पर्सा अध्यक्ष प्रभु हजारा र संविधान सभा सदस्य राजकुमार गुप्ता लगायतका केही नेकपाका नेताहरु भने उनीहरुले गर्ने र्‍यालीमा भन्दा बढी मानिसको सहभागिता देखेर छक्क परेका थिए। उनीहरुले माइस्थान चोकबाट र्‍यालीको अवलोकन गरेका थिए।

देशैभर प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा भएका र्‍यालीहरु यस्ता देखिएः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना