काठमाण्डौं: गायक रन लामाको नयाँ गीतको म्युजिक भिडियो आँखै गाजलु’ सार्वजनिक भएको छ ।
तामाङ सेलो गायक रन लामाको अफिसियल युट्युब च्यानल मार्फत मंगलबार सार्वजनिक गरिएको हो । गीतमा रन लामा र जितु लेप्चनको स्वर रहेको छ । गीतमा शब्द, संगीत र एरेन्ज प्रयास दोङको रहेको छ ।
निमबाबु तामाङ र निशा पाख्रिनले अभिनय गरेको भिडियोका निर्देशक बिजय रुम्बा हुन् । भिडियोमा गायक लामाको पनि अभिनय रहेको छ ।
भिडियोलाई निमबाबु तामाङ र निशा पाख्रिन मिलेर कोरियोग्रफी गरेका हुन् । मोडल तथा कोरियोग्रफर निमबाबु तामाङ कार्टुन क्रुका मेम्बर हुन् ।
