काठमाडौंः विश्व महामारी कोरोना भाईरसका कारण गत चैत्र ११ गतेदेखी ठप्प रहेको सार्वजनिक सवारीसाधनहरु विस्तारै खुल्न थालेका छन् ।
साझा यातायातले आजदेखि बस सेवा शुरु गरेको छ । राजधानी काठमाडौं लगायत उपत्यकाका तीन जिल्ला भित्र साझाले २६ वटा बसमार्फत् अधिकांश रुटमा सेवा शुरु गर्न लागेको जनाएको छ ।
यसअघि मयूर, संयुक्त यातायात, सुन्दर यातायात लगायतले उपत्यकाभित्र आफ्नो सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् ।
एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन् । तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र

