काठमाण्डौः नेपाल टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने एकजना सरकारी कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।
नेपाल टेलिकमको एपमार्फत ‘हिटन ट्रायल’ बिधिबाट देउजाले इन्टरेनटको कोड चोरेर आफू र आफ्ना साथीभाइलाई बाँडेको अनुसन्धानबाट खुलेको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका घर भएका २८ वर्षीय देउजालाई ‘विद्युतीय कारोबार ऐन’ विरुद्धको कसुरमा कारवाहीका लागि साइबर व्यूरोमा पठाइएको पाण्डेले बताए ।
