सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेमकिपाले केन्द्रिय सदस्य र प्रदेश संयोजकको जिम्मेबारी तोक्यो

२०७६ असोज ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सातवटै प्रदेशमा संयोजक तोकेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय समितिको मंगलबार सातौ महाधिवेशनपछि बसेको पहिलो केन्द्रिय समितिको बैठकले प्रदेश संयोजक तोकेको हो ।

नवनिर्वाचित पार्टी अध्यक्ष नारायणमान विजुक्छें (रोहित)को निजी निवास कमलविनायक भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक तोकिएको जानकारी दिइएको हो ।

अध्यक्ष रोहितका अनुसार प्रदेश नं १ को संयोजकमा उमेश कवां, प्रदेश नं २ मा सुरेन्द्रराज गोसाँई, प्रदेश नं ३ मा प्रेम सुवाल संयोजक तोकिएका छन् । यसैगरी प्रदेश नं ४ मा डिल्लीप्रसाद काफ्ले, प्रदेश नं ५ मा हरिसुन्दर बासी, प्रदेश नं ६ मा सरोजराज गोसाँई र प्रदेश नं ७ मा नन्दबहादुर शाहीलाई प्रदेश संयोजक तोकिएका छन् ।

वैठकले पार्टी अध्यक्ष विजुक्छेंको अध्यक्षतामा पाँच सदस्यीय केन्द्रिय सचिवालय पनि गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । अध्यक्ष विजुक्छेंको अध्यक्षतामा गठित सचिवालय सदस्यहरूमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, सुनिल प्रजापति र नन्दबहादुर शाही रहेका छन् ।

सोही अवशरमा अध्यक्ष विजुक्छेंले सचिवालय सदस्यहरू मध्यबाट पार्टी सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाइ जिम्मेवारी तोकिएको जानकारी दिएका छन् ।

यसैगरी पहिलो केन्द्रिय समितिको बैठकले केन्द्रीय सदस्यमा रवीन्द्र ज्याख्व र वैकल्पिक केन्द्रीय सदस्यमा राजेन्द्र चवाल र नारायणबहादुर दुवाललाइ मनोनित गरेको जनाएको छ । असोज पहिलो साता भक्तपुरमा सम्पन्न सातौ महाधिवेशनले विजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सानेपामा सुरु

‘शिक्षकहरूको आन्दोलनप्रति दुवै पक्ष गम्भीर हुनुपर्छ’ : अध्यक्ष ओली

चन्द्र भण्डारीसहित ८ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)

नेतृत्व हस्तान्तरण गर्न तयार छु: निराजन नेपाल

एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित

नेपालमा राजसंस्था अपरिहार्य: कमल थापा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित छ : कृष्णप्रसाद सिटौला

मधेशमा एमालेको मिसन ग्रासरुट अभियान, ३० प्रतिशत कार्यकर्ता घट्दा होला उद्देश्य पूरा ?

सभापति देउवालाई कार्यशैली सच्याउन शेखर कोइरालाको चेतावनी

रिजालको निधनले कांग्रेस र राष्ट्रलाई अपूरणीय क्षति : सभापति देउवा

जनतामा फाटो ल्याउने प्रवृत्ति राष्ट्रिय एकताविरुद्ध छ: केपी ओली