सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेमकिपाले केन्द्रिय सदस्य र प्रदेश संयोजकको जिम्मेबारी तोक्यो

२०७६ असोज ८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सातवटै प्रदेशमा संयोजक तोकेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय समितिको मंगलबार सातौ महाधिवेशनपछि बसेको पहिलो केन्द्रिय समितिको बैठकले प्रदेश संयोजक तोकेको हो ।

नवनिर्वाचित पार्टी अध्यक्ष नारायणमान विजुक्छें (रोहित)को निजी निवास कमलविनायक भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश संयोजक तोकिएको जानकारी दिइएको हो ।

अध्यक्ष रोहितका अनुसार प्रदेश नं १ को संयोजकमा उमेश कवां, प्रदेश नं २ मा सुरेन्द्रराज गोसाँई, प्रदेश नं ३ मा प्रेम सुवाल संयोजक तोकिएका छन् । यसैगरी प्रदेश नं ४ मा डिल्लीप्रसाद काफ्ले, प्रदेश नं ५ मा हरिसुन्दर बासी, प्रदेश नं ६ मा सरोजराज गोसाँई र प्रदेश नं ७ मा नन्दबहादुर शाहीलाई प्रदेश संयोजक तोकिएका छन् ।

वैठकले पार्टी अध्यक्ष विजुक्छेंको अध्यक्षतामा पाँच सदस्यीय केन्द्रिय सचिवालय पनि गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । अध्यक्ष विजुक्छेंको अध्यक्षतामा गठित सचिवालय सदस्यहरूमा प्रेम सुवाल, मोहनप्रसाद प्रजापति, सुनिल प्रजापति र नन्दबहादुर शाही रहेका छन् ।

सोही अवशरमा अध्यक्ष विजुक्छेंले सचिवालय सदस्यहरू मध्यबाट पार्टी सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाइ जिम्मेवारी तोकिएको जानकारी दिएका छन् ।

यसैगरी पहिलो केन्द्रिय समितिको बैठकले केन्द्रीय सदस्यमा रवीन्द्र ज्याख्व र वैकल्पिक केन्द्रीय सदस्यमा राजेन्द्र चवाल र नारायणबहादुर दुवाललाइ मनोनित गरेको जनाएको छ । असोज पहिलो साता भक्तपुरमा सम्पन्न सातौ महाधिवेशनले विजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

चुनावपछि पहिलोपटक बस्दै एमाले सचिवालय बैठक

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

मदन–आश्रित स्मृति दिवस मनाउन एमालेमा तयारी बैठक

कांग्रेसभित्र कसैलाई पक्षपात हुँदैनः महामन्त्री घिमिरे

नीति तथा कार्यक्रमले विद्यमान गम्भीर प्रश्नहरूको उत्तर दिन सकेनः नेता थापा

कांग्रेसद्वारा २१ बुँदे ‘कर्णाली सङ्कल्प पत्र’ जारी

जनतालाई न्याय गर्न अध्यादेश ल्याउनुपरेको होः रास्वापा नेता पराजुली

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको होः संयोजक दाहाल