सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘राजागंज: पूजा, सर’को टिजर सार्वजनिक

२०८१ भाद्र १२, बुधबार

काठमाण्डौः ‘राजागंज : पूजा, सर’को टिजर सार्वजनिक भएको छ। दीपक रौनियार निर्देशित सिनेमाको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा देखाइएको छ ।

सोसल ड्रामा तथा एक्सन सिनेमाको ट्रेलरमा अभिनेत्री आशा मगरातीलाई प्रमुख स्थान दिइएको छ। उनी यो सिनेमाकी मुख्य पात्र हुन्। सिनेमाको टिजरमा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा लगायत कलाकारलाई देख्न सकिन्छ।

उनीहरुका अलावा सिनेमामा विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ । ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि निर्देशक रौनियारको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो।

भेनिसमा विश्व प्रिमियर तयारीमा रहेको सिनेमाको वितरण अधिकार बिक्री भैसकेको जानकारी निर्माण टिमले दिएको छ ।
निर्देशक रौनियारको पहिलो फिचर सिनेमा ‘हाइवे’ सन् २०१२ मा बर्लिनमा प्रिमियर भएको थियो।

अर्को सिनेमा ‘ह्वाइट सन्’ सन् २०१६ मा भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग र सिंगापुर सिनेमा महोत्सवमा प्रदर्शन हुनका साथै पुरस्कृत समेत भएको थियो। उनको छोटो सिनेमा ‘फोर नाइट्स’ सन् २०२२ मा बर्लिनेल सट्र्समा प्रिमियर भएको थियो।

‘राजागंज : पूजा, सर’ २९ अगस्ट अर्थात् आगामी बिहीबार भेनिसमा विश्व प्रिमियर हुँदैछ। प्रिमियरका लागि निर्देशक रौनियार, अभिनेत्री मगराती सहितका कलाकार भेनिस जाने बताइएको छ। यो सिनेमाले नर्वेजियन सिनेमा इन्स्टिच्युटको सोर्फोन्डबाट पनि आर्थिक सहयोग प्राप्त गरेको छ।

यो सिनेमा निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)