काठमाण्डौंः धनगढी उप-महानगरपालिकामा मध्यरातमा युवा समूहबीच चक्कु हानाहान भएकाे छ ।
शुक्रबार बेलुका उप-महानगरपालिका वडानम्बर १३ स्थित कैलाली गाउँस्थित राजपुरमा दुई युवा समूहबीच झगडा हुँदा चक्कु हानाहान भएकाे हाे ।
कैलालीका प्रहरी प्रवक्ता प्रतिक बिष्टले चक्कु हानाहानमा २ जना घाइते भएकाे जानकारी दिएका छन । चक्कु हानाहानमा वडा नम्बर १३ का २ स्थानीय घाइते भएका हुन् । घाइतेहको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक बिष्टले जानकारी दिएका छन । उनका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । बिष्टले चक्कु प्रहार गर्ने युवाको खोजी भइरहेको जानकारी दिए ।
