काठमाण्डौः तीजको मौसम छ । गीत–संगीत पनि तीजमय छ । यद्यपि, कस्तो गीतलाई मौलिक तीज गीत मान्ने भन्ने कुरामा दर्शक तथा स्रोता अझै पनि दोधारमा छन् । शान्ति श्री परियारको ‘बिस्तराले पोल्यो…।’ देखि विष्णु माझीको ‘आइन आमा यो तीजमा’ सम्मका गीतहरुले सांगीतिक क्षेत्रमा चर्चा कमाइरहेका छन्, कुनैले सकारात्मक त कुनैले नकारात्मक ।
यसैबीच, संगीतकर्मी राजनराज सिवाकोटीले तीजको अवसर पारेर आज शुक्रवार आफ्नो पहिलो तीज सिर्जना ‘ए दिदी भिनाजु खै’ बोलको गीत सार्वजनिक गरेका छन् ।
राजन राज सिवोकाटीको शब्द तथा संगीतको यो गीतमा राजन राज सिवाकोटी र ससिका राईको स्वर सुन्न सकिन्छ । देवेस राईको संगीत संयोजन रहेको यो गीतले दिदी–भाइको सम्बन्धलाई चित्रण गरेको छ ।