सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फिलिपिन्समा छोटो र पारदर्शी पहिरन लगाएको भन्दै आलोचना भएपछि मोडलले मागिन माफी

२०७७ श्रावण ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: छोटो र पारदर्शी पहिरन लगाएको आलोचना भएपछि एक मोडलले माफी मागेकि हुन् ।

फिलिपिन्सको एकजना स्वतन्त्र महिला मोडलले सोमरसेट एमआरटि स्टेसनमा आफुले लगाएको पहिरनको कारण अप्ठायारो पर्न गएको प्रति सिंगापुरका जनतासंग क्षमायाचना गरेका छन् । केहि मानिसले उनको भडकिलो पहिरन प्रति आपत्ति जनाएपनि वास्तवमा उनले क्षमा माग्नै पर्ने जरुरी भने थिएन । उनकाे त्यस फाेटाे सामाजिक संजालमा निकै चर्चा भएकाे छ ।

एस्ली गार्सिया नामकी ति युवतीको तस्वीर उनको जानकारी र सहमति बिना एमआरटि स्टेसन स्थित पिओएसबि एटिएम सामु उभिरहेको अवस्थामा खिचिएका थिए । ति तस्वीरहरु शनिवार सामाजिक संजाल फेसबुकमा भाइरल हुन पगेको थियो ।

इन्टरनेट प्रयोगकर्ता अर्थात नेटिजेन्स मध्ये केहिले उनको पेशाको हिसाबले पहिरनमा औंला ठड्याइरहनु पर्ने आवश्यकता नरहेको विचार प्रकट गरेका थिए । तर केहिले भने उनको पहिरन अत्यन्तै छोटो, पातलो र खुल्ला भन्दै आपत्ति जनाएका थिए । तर कसैलाई केहि हानी नोक्सानी नपुयाएका उनका फटाफट तस्वीर खिचेर फेसबुकमा राख्ने काम पनि सही नभएको प्रतिक्रियाहरु प्नि प्राप्त भएका छन् ।

चिनिया दैनिक अखवार लियान्हे वान्वाओले समेत व्रा नलगाएकी ति युवतीलाई सबै बटुवाले क्वारक्वार्ती हेरिरहेको समेत महशुस नभएको भन्दै तस्वीर सहित समाचार बनाउन भ्याएको छ ।

गार्सियाले आफ्नो फेसबुक पेजमा लेखेकीछन्,‘मेरो पहिरन भडकिलो र मैले अंग प्रदर्शन खोजेको जस्तो तपाईंहरुलाई लाग्छ भने म त्यसका लागि क्षमा माग्दछु । तर मैले टपभित्र पनि निप्पल टेल लगाएकी छु । म तपाईंहरुको सम्मान गर्दछु तर तपाईंहरुले पनि अर्काको निकै व्यक्तिगत प्रसंग उठाउनु भएको जस्तो पनि लाग्दछ ।’ हिमालय दैनिकबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई