सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रहरी जवानको हत्या अभियोगका ३ आरोपित पक्राउ

२०७७ श्रावण ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौैः गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृत अवस्थामा फेला परे। केही घण्टापछि शवको पहिचान खुल्यो। उनी थिए, महोतरी सोनमा गाउँपालिका–३ घर भएका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादव। उनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत थिए।

मृतक यादव घटना हुने राति सिरहा नगरपालिका–३ मखनाहाका बिन्दी यादवको छोरीको विवाह पुगेका थिए। त्यही विवाहमा उनकी प्रेमिका पनि आएकी थिइन्। प्रेमिकालाई भेट्न त्यस विवाहमा उनी पुगेको प्रहरी स्रोत जनाएको छ। गाउँको केटी र सशस्त्र प्रहरी जवानको प्रेम सम्बन्ध बारे गाउँका केटाले थाहा पाएका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेका अनुसार विवाहमा समान्य विवाद भयो। स्थानीयले सशस्त्र प्रहरी जवानलाई चोर-चोर भनेर लखेटे। गाउँदेखि ३ किलोमिटरसम्म लखेटेर नहरको पानी डुबाई कर्तव्य गरी मारेको खुल्न आएको डिएसपी घिमिरेले बताए।

यो घटनामा हालसम्म अनुसन्धान गर्दा हत्या आरोपमा सिरहा नगरपालिका–३ का २५ वर्षीय जयकेशकुमार यादव, २० वर्षीय मंगला भन्ने दिपेशकुमार यादव, २२ वर्षीय बुलना भन्ने मुकेशकुमार यादव पक्राउ परेको डिएसपी घिमिरेले जानकारी दिए।

प्रहरीले तीनै जनालाई मंगलबार पक्राउ गरेका थिए। बुधबार जिल्ला अदालतमा अनुसन्धानका लागि ७ दिनको म्याद भएको छ। बिहीबार सार्वजनिक गरेका छन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी घिमिरेले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ