सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विपदका घटनामा परेकालाई उद्दार गर्ने तालिम सिकाँउदै नेपाली सेना (फोटो फिचर)

२०७७ श्रावण १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुपन्देही जिल्लामा हुनसक्ने विपद्का घटनाहरुमा परेकालाई उद्धार गर्ने तरिकाका वारेमा जिल्लाका सरोकारवालाहरुलाई तालिम प्रदान गरिएको छ ।

नेपाली सेना गरुडदल गणको आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाईटी विपद्सँग सम्वन्धित अन्य सरोकारवाला निकायलाई रुपन्देही जिल्लाको कोटहीमाई गाँउपालिकाको मजगवा उद्धार गर्ने तरिका समन्धीत अभ्यास वारे सिकाईएको हो ।

उक्त अभ्यासमा स्थानिय पालिकाका प्रमुखहरु, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, गरुडदल गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापा, जिल्लास्थित  सुरक्षा निकायका प्रमुखहरु, जिल्ला रेडक्रस सोसाईटीका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला विपद् कार्य सम्बन्धी विभिन्न क्लष्टरका प्रतिनिधिहरु लगायत २५० जना बढीको सहभागिता रहेको थियो ।

‘ऐया मरे… बचाउ बचाउ, मत मरे बचाउ बचाउ’ भन्दै कोही कराई रहेका थिए भने कोही घाइेतलाई बोटको सहायताले स्टेचरमा राखेर सुरक्षित स्थान तर्फ लादै थिए । व्यक्तिगत सुरक्षा तयारीका साथ खटिएका नेपाली सेनाका स्वयमसेवकहरु घाईतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थ्ये । झट्ट हेर्दा बुटवलमा ठुलै विपद आइपरेजस्तो देखिन्थ्यो । तर, त्यहाँ वास्तविक कुनै विपद नभई आपतकालिन पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत विपद प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो ।

बाढी पहिरो, आगजनी लगायतका प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य सम्बन्धी स्थानीय विपद व्यवस्थापन समितिलाई अभ्यास गराइएको गरुडदल गणका गणपति प्रमुख सेनानी ज्योति कुमार थापा बताउनुभयो । बाढी तथा उद्दार, प्राथमिक उपचार, र आपतकालिन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पुर्व अभ्यास गराइएको उहाँको भनाई रहेको छ ।

रुपन्देही मात्र नभई जुनसुकै स्थानमा भविष्यमा आईपर्ने विपदका घटना जतिवेला जहाँपनि हुन सक्ने भएकाले पुर्वतयारीस्वस्प कृत्रिम अभ्यास गराइएको गणपति थापाले बताउनुभयो ।

यस्तो छ आपतकालिन पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रमको फोटो फिचरहरुः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना