सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिकाबाहेक ७० देशमा ‘टेनेट’ एकैसाथ रिलिज हुँदै

२०७७ श्रावण १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हलिउड चलचित्र ‘टेनेट’ घरेलु बजारभन्दा अघि अन्तराष्ट्रिय बजारमा रिलिज हुँदैछ । यो चलचित्र महामारीपछि अमेरिकी हलमा रिलिज हुने पहिलो ठूलो बजेटको हलिउड चलचित्रको रुपमा अनुमान गरिएको थियो ।

‘टेनेट’अन्तर्राष्ट्रिय बजारमा अगस्ट २६ मा रिलिज हुँदैछ भने अमेरिकाका हलहरुमा भने श्रमिक दिवसको दिन रिलिज गर्ने तयारी रहेको छ ।

वार्नर स्टुडियोले सोमबार यसबारे जानकारी दिँदै चलचित्र जापान, रुस, अष्ट्रेलिया, क्यानडा र युरोपिन देशहरु गरि ७० देशमा एकैचोटि रिलिज हुने बताएको छ ।

२०० मिलियन डलर लगानी रहेको यस थ्रिलर चलचित्र अमेरिकामा भने तीन हप्तापछि अर्थात ३ सेप्टेम्बरमा रिलिज हुँदैछ । अमेरिकामा भने सरकारले आदेश दिइसकेका सहरका हलहरुमा मात्रै रिलिज हुँदैछ ।

१७ जुलाईमा रिलिज मिति तोकिएको यस चलचित्रको रिलिज मिति धेरैपटक हेरफेर भएर अन्तत: अगस्टमा रिलिज हुन लागेको हो ।

क्रिस्टोफर नोलनको निर्देशन रहको यस चलचित्रमा जोन डेभिड वासिङटोन, रोबर्ट प्याटिनसन, एलिजाबेथ डेबिकी, डिम्पल कपाडिया लगायतका कलाकारहरुको अभिनय रहेको छ । –  इन्डियन एक्सप्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई