सदाबहार खबरको रफ्तार ....
भाद्र २६, २०८१ बुधबार
September 11, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काँग्रेससँग एकता भएको दुई बर्षमा लोकतान्त्रिक फोरमले पायो ११ केन्द्रिय सदस्य (पूर्णविबरण सहित)

२०७६ असोज ११, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  नेपाली काँग्रेससँग पार्टी एकता गरेको लोकतान्त्रिक फोरमले एक बर्षमा बल्ल ११ जना केन्द्रिय सदस्य पाएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना टुङ्गो लगाएको हो ।

बैठकले काँग्रेस पार्टीसँग एकतामा आएको तत्कालीन लोकतान्त्रिक फोरमलाई ११ जना केन्द्रीय सदस्य दिएको छ । दुई बर्ष अघि तीनै तहको निर्वाचन पूर्व असोज ३० गते एकता भएको घोषणा गरेपनि दुइ पार्टीबिच बिवादका कारण पदाधिकारीमा टुंगो लाग्न सकेको थिएन ।

तत्कालिन समयमा एकता घोषणा गर्दा गरिएको सहमति बमोजिम तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई कांग्रेसमा दोस्रो बरियतामा उपसभापति र २ सय महासमिति सदस्य दिने निर्णय यसअघि नै कार्यान्वयनमा आईसकेको छ ।

शुक्रबार बसेको केन्द्रिय समितिको बैठकले पार्टी एकतामा आएको लोकतान्त्रिक फोरमका तत्कालिन ११ जना नेतालाई केन्द्रीय सदस्य, २ सय ५२ जनालाई महाधिवेशन प्रतिनिधि र १३ जिल्लामा उपसभापति दिने निर्णय गरेको हो ।

यस्तै पार्टीको विभाग गठन गर्दा सहमतिको आधारमा गर्ने र प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखेर सहमतिकै आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने पनि बैठकले निर्णय गरेको छ ।

अहिले थप गरिएका पदाधिकारीहरु पनि पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समितिले तयार पारेको प्रस्ताव अनुसार टुंगो लगाइएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७६ असोज १० गते बसेको बैठकद्वारा सर्वसम्मत रुपमा पारित गरेका निर्णयहरूः

नेपाली कांग्रेसमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचना समायोजन सम्बन्धी सहमतिको दस्तावेज

नेपाली कांग्रेसको काठमाण्डौंमा आयोजित महासमितिको बैठक (२०७५ मंसिर २८–पौष ८) मा नेपाली कांग्रेसका सभापति मा. शेरबहादुर देउवा समक्ष तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष मा. विजयकुमार गच्छदारद्वारा प्रस्तुत पार्टी समायोजन र एकीकरणको प्रस्ताव अन्तर्गत मा. विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको उपसभापति र २०० जनालाई नेपाली कांग्रेसको महासमिति सदस्य (१४८ जना पर्यवेक्षक सहित) स्वीकार गरी अनुृमोदन गरेको र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका बाँकी सांगठनिक संरचनाको समायोजनको कार्य सम्पन्न गरी केन्द्रीय कार्यसमिति समक्ष प्रश्ताव पेश गर्नका लागि केन्द्रीय कार्यसमितिको २०७५ कार्तिक २० गतेको बैठकले पार्टी उपसभापति श्री विमलेन्द्र निधि–संयोजक, उपसभापति मा. विजयकुमार गच्छदार–सदस्य, सहमहामन्त्री डा. प्रकाशशरण महत–सदस्य, केन्द्रीय सदस्य श्री महेश आचार्य–सदस्य र केन्द्रीय सदस्य श्री दिपक गिरी–सदस्य रहेको समायोजन समितिको गठन गरेकोमा,

पार्टीका सभापति, नेता, पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीको समेत उपस्थितिमा सम्पन्न समायोजन समितिको बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको नेपाली कांग्रेसका देहाय बमोजिमका सांगठनिक संरचनामा देहाय बमोजिम समायोजन गर्ने सहमती कायम भएको छ ।

१. केन्द्रीय कार्यसमिति सदस्य – ११ जना ।

२. केन्द्रीय कार्यसम्पादन समिति

(क)   पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्दा समायोजनको प्रस्तावलाई समेत ध्यानमा राखी सहमतीका आधारमा समावेश गर्ने ।

३. महासमिति सदस्य

(क)   महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य (१४८ जना पर्यवेक्षक) ।

४. महाधिवेशन प्रतिनिधि

(क)   महासमितिको बैठकमा सहभागी २०० जना महासमिति सदस्य–महाधिवेशन प्रतिनिधि ।

(ख)   महासमितिको बैठकमा पर्यवेक्षकको रुपमा सहभागी १४८ जना महाधिवेशन प्रतिनिधि ।

(ग)   थप निर्णय भएका महाधिवेशन प्रतिनिधि २५२ जना ।

५. केन्द्रीय विभाग

(क)   पार्टीले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने ।

६. प्रदेश कार्यसमिति

(क)   पार्टीले प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने ।

७. जिल्ला कार्यसमिति

(क)   मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना ।

(ख)   सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना ।

(ग)   कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना ।

(घ)   बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना ।

(ङ)    सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना ।

(च)   सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ७÷७ जना ।

(छ)   झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ५/५ जना ।

(ज)   वारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १/१  र सदस्य ३/३ जना ।

(झ)   ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १/१ र सदस्य ३/३ जना ।

–           काठमाण्डौ र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने ।

(ञ) उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह-सचिव १/१ र सदस्य २/२ जना ।

–           तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट जिल्ला कार्यसमितिको पदाधिकारी र सदस्यमा नाम सिफारिस गर्दा जिल्लाभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्र र भौगोलिक वनावटलाई समेत समेट्ने गरी नाम छनौट गर्नु पर्नेछ ।

(ट)    अन्य जिल्लामा जिल्ला कार्यसमितिको बैठकको निर्णयबाट तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको महत्वपूर्ण कुनै सदस्यलाई जिल्ला कार्यसमितिमा सदस्य/आमन्त्रित गर्न सक्ने ।

८. प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति

(क)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १००० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सह-सचिव र सदस्य ८ जना । सुनसरी क्षेत्र नं. ३ को हकमा सदस्य संख्या ९ रहने ।

(ख)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा बढी र १००० भन्दा कम क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १, सह-सचिव १ र सदस्य ५ जना ।

(ग)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ७०० भन्दा कम र ३०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति १ र सदस्य ३ जना ।

(घ)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा सहसचिव १ र सदस्य २ जना ।

(ङ)    तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कुनै महत्वपूर्ण सदस्यलाई क्षेत्रीय कार्यसमितिको बैठकको निर्णयबाट क्षेत्रीय कार्यसमितिको बैठकमा सदस्य÷ आमन्त्रित गर्न सक्ने ।

९. प्रदेश सभा क्षेत्रीय कार्यसमिति

(क)   वुँदा नं. ८ बमोजिम तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी र सदस्य सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत जुन प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्नो क्रियाशील सदस्यता रहेको छ, सोही प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पदाधिकारी र सदस्य हुने ।

            तर, सुनसरी जिल्ला प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा जिल्लामा भएको सहमती अनुसार हुने ।

१०. नगर/उपमहानगर/महानगर कार्यसमिति

(क)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर/उपमहानगर/महानगर कार्यसमितिमा उपसभापति १, सह-सचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।

(ख)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ३०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर/उपमहानगर/महानगर कार्यसमितिमा सहसचिव १ र जिल्ला कार्यसमिति र सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।

(ग)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको नगर/उपमहानगर/महानगरपालिकाको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर/उपमहानगर/महानगर कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा आमन्त्रण गर्न सक्ने ।

११. गाउँ कार्यसमिति

(क)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० वा सो भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा उपसभापति १, सह-सचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  सदस्य संख्या तोक्ने ।

(ख)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० भन्दा कम र १०० भन्दा बढी क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित गाउँ कार्यसमितिको निर्णय र सहमतिमा  सदस्य संख्या तोक्ने ।

(ग)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम क्रियाशील सदस्य रहेको गाउँ कार्यसमितिको क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई गाउँ कार्यसमितिको निर्णयबाट सो कार्यसमितिको बैठकमा सदस्य/आमन्त्रित गर्न सक्ने ।

१२. नगर/वडा गाउँ कार्यसमिति

(क)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा उपसभापति १, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर÷गाउँ कार्यसमितिको निर्णय र सहमतिमा पदाधिकारी र सदस्य संख्या तोक्ने ।

(ख)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका १०० भन्दा कम, ५० भन्दा बढी क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमितिमा सहसचिव १ र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र सम्बन्धित नगर/गाउँ कार्यसमितिको निर्णय र सहमतिमा सदस्य संख्या तोक्ने ।

(ग)   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका ५० भन्दा कम क्रियाशील सदस्य रहेको नगर÷गाउँ वडा कार्यसमिति क्षेत्रभित्रको कुनै महत्वपूर्ण सदस्यलाई नगर/गाउँ वडा कार्यसमितिको बैठकको निर्णयबाट उक्त कार्यसमितिको बैठकमा सदस्य/आमन्त्रित गर्न सक्ने ।

१३.   सहमति भए अनुसारका पार्टीका विभिन्न तहमा समायोजित नामावली पार्टीको आधिकारिक प्रेस विज्ञप्ति मार्फत जानकारी गराईनेछ ।

१४.   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजनका लागि प्राप्त नाममा कुनै कैफियत देखिएमा त्यस्तो नाम हटाउन सकिनेछ ।

१५. भ्रातृ संघ एवं शुभेच्छुक संस्थाः भ्रातृ संघको केन्द्र र प्रदेश तहको समायोजनको हकमा पार्टीको केन्द्रीय कार्यसमितिले र जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, नगर गाउँ कार्यसमितिको समायोजनको हकमा सम्बन्धित भ्रातृ संघको केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुनेछ । शुभेच्छुक संस्थाको समायोजनका लागि सम्बन्धित शुभेच्छुक संस्थाहरुसंग पार्टीले समन्वय गर्नेछ ।

१६.   तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रमा प्राप्त भई जिल्लामा पठाइएका क्रियाशील सदस्यता छानवीन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय गर्ने । यस सम्बन्धमा ५१ वटै जिल्लालाई छानविन र अद्यावधि गरी शिघ्रातिशिघ्र क्रियाशील सदस्यताको नामावलीको सूची अनिवार्य रुपमा केन्द्रमा पठाउन पुनः निर्देश गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वडाध्यक्ष यादवको मृत्युबारे अनुसन्धान गर्न अध्यक्ष दाहालको आग्रह

माओवादी केन्द्रप्रतिको आकर्षण बढेको छः अध्यक्ष दाहाल

देउवाले बोलाए पदाधिकारी बैठक

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक

प्रगतिशील इञ्जिनियर्स एशोसिएसनको उम्मेदवार घोषणा

उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ- गगन थापा

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

पोखरामा रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी

पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण

अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी अध्यक्षमा गुरुङ विजयी

सङ्गठन सुदृढीकरणमा लाग्न अध्यक्ष दाहालको जोड

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छः अध्यक्ष दाहाल