सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अभिनेता राजेश हमाल अब टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मा

२०७७ श्रावण १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अभिनेता राजेश हमाल केही समययता ठूलो पर्दाबाट बाहिर रहेका थिए ।

हमाललाई अब भने सानोपर्दामा देखिने भएका छन् ।  टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ मार्फत उनी सानो पर्दामा देखिन लागेका हुन् । ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजन मार्फत आगामी शनिबारबाट नियमित प्रसारण हुन लागेको हो ।

साँझ साढे ६ बजे प्रशारण हुने सो कार्यक्रम समता फाउन्डेशनको प्रस्तुति रहेको छ । कार्यक्रमको बारेमा समता फाउन्डेसनले बिहीबार एक प्रेस मिट मार्फत विस्तृत जानकारी गराउने भएको छ । हमालले टेलिभिजनमा यस अगाडि ‘को बन्छ करोडपति’ र ‘वाइ वाइ क्वीज’ संचालन गरेका थिए ।

धेरै पहिले फिल्मबाट केही फुर्सदिलो भएको समय अभिनेता निर्देशक दिनेश डिसीले राजेशलाई ‘वाई वाई क्वीज’मा सहभागी गराएका थिए । अहिले फेरि राजेश फुर्सदमा रहेको बेला कान्तिपुर टेलिभिजन मार्फत डिसीलेनै ‘जातको प्रश्न’ कार्यक्रममा सहभागी गराएका हुन् ।

‘जातको प्रश्न’ एउटा बहस विशेष कार्यक्रम हो । कार्यक्रममा जातपात र यसको कारणले हुने विभेदको विषयमा राजेश फिल्डमा उत्रिएर बहस चलाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई