सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सञ्जु र पशुपतिको स्वरमा ‘गल्याङ बजारमा’ सार्वजनिक

२०८१ मंग्सिर १२, बुधबार

काठमाण्डौः गायिका सञ्जु न्यौपाने र गायक पशुपति शर्माको स्वरमा रहेको मौलिक पञ्चेबाजा गीत ‘गल्याङ बजारमा’ सार्वजनिक भएको छ ।

गायिका सञ्जु न्यौपानेको युट्युब च्यानलमार्फत सार्वजनिक भएको पञ्जेबाजा गीत ‘गल्याङ बजारमा’ को शब्द तथा संगीत आरबी सेन्चुरीको रहेको छ भने आशिष अबिरलको संगीत संयोजन रहेको छ ।

स्याङ्जा जिल्लाको मौलिक पञ्चेबाजालाई ‘गल्याङ बजारमा’ गीतमा समावेश गरिएको गायिका सञ्जु न्यौपानेले बताइन् ।

शुभकामना मिडिया सोलुसनको प्रस्तुतिमा निर्माण भएको गीत ‘गल्याङ बजारमा’को भिडियो पनि अर्गानिक रुपमा निर्माण गरिएको छ । गायिका न्यौपानेको बहिनीको विहेको अवसर पारेर भिडियोलाई स्याङ्जाको जन्मघरमा नै छायाँकन गरिएको छ ।

विवाहको मण्डपमा नै सुटिङ गरिएको भिडियोलाई गीतमा प्रस्तुत गरिएको छ । ‘गल्याङ बजारमा’ सुनिल शर्मा, निशा न्यौपाने, सञ्जु न्यौपाने, टुमलाल न्यौपानेको अभिनय रहेको छ । भिडियोको छायाँकन तथा सम्पादन आरबी सेन्चुरीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)