सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वराजाले जारी गरेको विज्ञप्तिको ड्राफ्ट तत्कालीन एमालेले गरेर दिएको नेपालको दाबी

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले ०६३ वैशाख ११ मा जारी गरेको विज्ञप्तिको सम्पूर्ण ड्राफ्ट तत्कालीन एमालेले गरेर दिएको बताएका  छन् ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले शनिबार काठमाण्डौँको वानेश्वर ब्याङ्क्वेटमा आयोजना गरेको  ‘भरतमोहन अधिकारीः व्यक्ति एक, व्यक्तित्व अनेक’ विषयक गोष्ठिमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । उक्त वक्तव्यको ड्राफ्ट समेत भरतमोहन अधिकारीले गरेको उनको भनाइ छ ।

नेता नेपालले सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने शब्द बाहेक राजाले सबै एमालेले लेखेर दिएको विज्ञप्ती पढेको दावी समेत गरेका हुन् ।

हामीले हाम्रो ड्राफ्ट अनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान लिएपछि ९ बजेका लागि तय भएको ज्ञानेन्द्रको घोषणा राति ११ बजे भएको समेत बताएका थिए ।

कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखासमेत रहेका नेता एवं पत्रकार कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नी सविता अधिकारी लगायतले स्वर्गिय भरतमोहन अधिकारीको  व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतसँग सीमा जोडिएको झुलाघाट नाका बन्द

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त

सरकार र आन्दोलनरत चिकित्सकबीच गृहमन्त्रालयमा वार्ता सुरु

कामपा र सामाजिक अभियन्ता ई: को टोलीबीच वार्ता सुरु

छोङछिङमा प्रधानमन्त्री प्रचण्ड

नेपाल–चीनबीच १३ बुँदे सम्झौता

प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण

विराटनगरको बिग होटेलमा कोशी प्रदेशको सुरक्षा बैठक बस्दै

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी लीबीच भेटवार्ता

प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै

सबै धर्म र समुदायबीच आपसी सदभाव कायम राख्न सर्वपक्षीय सहमति