सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वराजाले जारी गरेको विज्ञप्तिको ड्राफ्ट तत्कालीन एमालेले गरेर दिएको नेपालको दाबी

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं विदेश विभाग प्रमुख माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले ०६३ वैशाख ११ मा जारी गरेको विज्ञप्तिको सम्पूर्ण ड्राफ्ट तत्कालीन एमालेले गरेर दिएको बताएका  छन् ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले शनिबार काठमाण्डौँको वानेश्वर ब्याङ्क्वेटमा आयोजना गरेको  ‘भरतमोहन अधिकारीः व्यक्ति एक, व्यक्तित्व अनेक’ विषयक गोष्ठिमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । उक्त वक्तव्यको ड्राफ्ट समेत भरतमोहन अधिकारीले गरेको उनको भनाइ छ ।

नेता नेपालले सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने शब्द बाहेक राजाले सबै एमालेले लेखेर दिएको विज्ञप्ती पढेको दावी समेत गरेका हुन् ।

हामीले हाम्रो ड्राफ्ट अनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान लिएपछि ९ बजेका लागि तय भएको ज्ञानेन्द्रको घोषणा राति ११ बजे भएको समेत बताएका थिए ।

कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्वर्गीय अधिकारीका बालसखासमेत रहेका नेता एवं पत्रकार कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नी सविता अधिकारी लगायतले स्वर्गिय भरतमोहन अधिकारीको  व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड

प्रतिनिधिसभाः आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण