सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राजधानीले नेतृत्व गर्ने बेला आयो : प्रकाशमान सिंह

२०७७ श्रावण १८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तपाईंको तयारी कस्तो चल्दै छ ?

अहिले लकडाउनले गर्दा बाहिर जान पाएको छैन । कार्यकर्तालाई भेट्ने, बोलाएको ठाउँमा जाने, संगठनका लागि खट्ने काम नै हो । लकडाउन सुरु हुनुभन्दा अघि ७७ जिल्लामै घुमिसकेको छु । अब खुकुलो भएपछि जिल्लाहरूमा जाने योजना छ ।

आगामी महाधिवेशनमा तपाँईंको योजना के छ ?

सभापतिले पार्टीलाई संस्थागत र विधिसम्मत रूपमा चलाउन सक्नु भएन । आफ्नो चार वर्षको सहज कार्यकालमा समेत नियमित महाधिवेशन गर्न सक्नुभएन । एक वर्षको कार्यकाल थप्ने काम भयो । अहिले महाधिवेशनको प्रक्रिया सुरु भइसकेको छ । यस्तो बेलामा विभागका संयोजक तोक्ने र सदस्यहरू मनोनयन गर्ने काम गरेर प्रभावित गर्न खोजिरहनुभएको छ । उहाँका गतिविधिले महाधिवेशन निष्पक्ष र स्वतन्त्र हुन्छ भन्नेमा हामीलाई ठूलो शंका छ ।

तपाईंहरूको भनाइ के हो त ?

सम्पूर्ण रूपमा महाधिवेशनलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्छ । अबको समय भनेको महाधिवेशन बाहेक अरू कुरामा हात हाल्ने होइन । अहिले आएर विभाग केका लागि बनाउने ? त्यही महाधिवेशनलाई प्रभावित पार्न सकिन्छ भनेर होइन ? अहिले कांग्रेसमा ए, बी र सी ग्रेड छ । नेता-नेताको यस्ता व्यक्तिगत संगठन भत्काउनुपर्छ । पार्टीलाई संस्थागत र विधिसम्मत रूपमा अघि बढाउनुपर्छ ।

त्यसो भए तपाईंले म हुनुपर्छ भन्नुभएको हो ?

अहिलेको सभापतिबाट राम्रोसँग पार्टी चलेन । अब नेतृत्व ट्रान्सफर हुनुपर्छ भन्नेमा हामीबीच समझदारी छ । यो मिसनमा हामी सबै एक ठाउँमा छौं । सभापतिलाई चुनौती दिन एउटै उम्मेदवार बन्नुपर्छ भन्ने पनि हामीलाई महसुस भएको छ । तर, को हुने भन्नेबारेमा अहिल्यै कुरा अघि बढेको छैन । महाधिवेशन प्रतिनिधि चयन भएपछि उहाँहरूको परामर्शसमेत लिएर हामी उम्मेदवार चयन गर्छौं ।

तपाईंहरू आकांक्षी नै बढी हुनुहुन्छ, कसरी एक बन्नुहुन्छ त ?

जब, मिसनमा एक ठाउँमा छौं भने उम्मेदवार पनि एउटै हुन्छ भन्नेमा मलाई विश्वास छ ।

त्यसो भए तपाईंको उम्मेदवारी के हुन्छ त ?

तलैदेखि संघर्ष गरेर आएँ, काठमाडौंमा नेविसंघ र पार्टीको सभापति भएको, केन्द्रमा केन्द्रीय सदस्यदेखि, उपसभापति, पहिलो निर्वाचित महामन्त्री, सरकारमा पटक–पटक मन्त्री, उपप्रधानमन्त्री र संसदीय दलको उपनेता हुँदै नेतामा प्रतिस्पर्धा गरिसकेकाले मेरो उम्मेदवारी प्राकृतिक हो । अर्को पक्ष राजधानीले अहिलेसम्म पार्टी र सरकारको नेतृत्व पाएको छैन । अब त्यो बेला पनि आउन लाग्यो भन्ने मलाई लाग्छ । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल