सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धादिङको केरौजामा बस दुर्घटनाः गम्भिर घाइते ४ जनाको सेनाको हेलिकप्टरद्धारा उद्धार

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: धादिङको सेमजोङबाट धादिङबेसीतर्फ जाँदै गरेको बा ४ ख ५७९३ नम्बरको यात्रुवाहक बस तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

धादिङबेसी साङ्कोष तिप्लिङ सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिकाको १३ स्थित केरौजामा दुर्घटना बिहान दुर्घटनामा परेको हो । उक्त बसमा यात्रारत ५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ भने १ जना बिरामीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका वडा नं ५ का ५८ बर्षीय दल बहादुर तामाङ, ६० बर्षीय शान्त माया गुरुङ, सोही वडाका ६९ बर्षीय हस्तकुमारी तामाङ र ४५ बर्षिय चेन्डे दमाई रहेका छन् ।

यसैगरी सामान्य घाईते  नेत्रवाती गाउँपालिका ५ की २० बर्षीय लक्ष्मी गुरुङ रहेकी छन् । दुर्घटनामा परी घाइते भएकाहरुलाई घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल धादिङ लगिएको थियो ।

घाइतेहरु सबै नेत्रवती गाउँपालिकाबाट धादिङबेसीमा चाड पर्वको लागि सामान किन्न गएका थिए । गम्भीर घाईते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँ तर्फ लिएर गएको प्रहरीले बताएका छन् । बाँकी १ जनाको धादिङ्ग अस्पतालमा उपचार भइरहेको पत्रकार पोषनाथ अधिकारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

राष्ट्रपतिद्वारा राजदूतद्वय श्रेष्ठ र रायलाई थप जिम्मेवारी (विज्ञप्ती सहित)

‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत सार्वजनिक (भिडियो हेर्नुहोस)

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

विप्लव पुत्र प्रकाश विवाह बन्धनमा

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान