सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

धादिङको केरौजामा बस दुर्घटनाः गम्भिर घाइते ४ जनाको सेनाको हेलिकप्टरद्धारा उद्धार

२०७६ असोज १२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: धादिङको सेमजोङबाट धादिङबेसीतर्फ जाँदै गरेको बा ४ ख ५७९३ नम्बरको यात्रुवाहक बस तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

धादिङबेसी साङ्कोष तिप्लिङ सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिकाको १३ स्थित केरौजामा दुर्घटना बिहान दुर्घटनामा परेको हो । उक्त बसमा यात्रारत ५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ भने १ जना बिरामीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका वडा नं ५ का ५८ बर्षीय दल बहादुर तामाङ, ६० बर्षीय शान्त माया गुरुङ, सोही वडाका ६९ बर्षीय हस्तकुमारी तामाङ र ४५ बर्षिय चेन्डे दमाई रहेका छन् ।

यसैगरी सामान्य घाईते  नेत्रवाती गाउँपालिका ५ की २० बर्षीय लक्ष्मी गुरुङ रहेकी छन् । दुर्घटनामा परी घाइते भएकाहरुलाई घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल धादिङ लगिएको थियो ।

घाइतेहरु सबै नेत्रवती गाउँपालिकाबाट धादिङबेसीमा चाड पर्वको लागि सामान किन्न गएका थिए । गम्भीर घाईते भएका ४ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौँ तर्फ लिएर गएको प्रहरीले बताएका छन् । बाँकी १ जनाको धादिङ्ग अस्पतालमा उपचार भइरहेको पत्रकार पोषनाथ अधिकारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट