सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुन तस्कर भगाउने २ प्रहरीलाई संगठित अपराध मुद्दा

२०७७ श्रावण १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुन तस्कर भगाएको अभियोगमा दुई प्रहरी जवानविरुद्ध संगठित अपराध मुद्दा अगाडि बढेको छ ।

प्रहरी वृत्त दरबारमार्गका जवानद्वय बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठलाई थुनामा राख्न महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार म्याद लिएको छ । गत बुधबार उनीहरूले साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद गरेका थिए । बरामद सुन लुकाउन उनीहरूले एक तस्करलाई भगाएको पुष्टि भएपछि मुद्दा अगाडि बढाइएको हो ।

गत मंगलबार प्रहरीले सुन्धाराबाट सुन र चाँदी बरामद गरेको थियो । निलेश सखियासँग सुन र पेस्तोल भएको झोला लिई उनीहरूले सखियालाई फर्काएका थिए । प्रहरीको पछिल्लो अनुसन्धान निष्कर्षअनुसार एक किलो सुन लुकाउन कडायतले सखियालाई छाडिदिएका थिए ।

सुराकीले दिएको सूचनाअनुसार उनीहरूले गाडीलाई पछ्याएका थिए । प्रहरीले पछ्याएको थाहा पाएपछि सुन र पेस्तोलसहितको झोला लिएर सखिया गाडीबाट उत्रेर सार्वजनिक बस चढ्न लाग्दा कडायतले पक्राउ गरेका थिए । सखियाले सुन लिएर आफूलाई छाड्न भनेपछि सुन्धाराको आकाशेपुलमा झोला लेनदेन भएको थियो । नयाँपत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ