
काठमाण्डौः सर्लाहीको बिष्णु गाउँपालिकाका अध्यक्ष जवहरलाल राय यादवले करोडौ आर्थिक हिनामिना गरेको भन्दै छानविनको माग गरेका छन् । बिष्णु गाउँपालिकाका चारवटा वडाअध्यक्षहरूले रिपोर्टर्स क्लव नेपालमा आईतबार संयुक्त पत्रकार सम्मेलन गरी उक्त माग गरेका हुन् ।
गाउँपालिका अध्यक्ष जवहरलाल राय यादवले करोडौ आर्थिक हिनामिना गरेको र कार्यपालीकाको बैठक समेत नबेलाएको उनीहरूको आरोप छ । वडाअध्यक्ष श्याम बाबु रायले भने जवहरलाल रायले मनोमानि ढङ्गले काम गरेको र हालसम्म कार्यपालिकाको बैठक समेत राख्न नसकेको बताए ।
गाउँपालिकामा आएको बजेट नाला र धर्मशाला बनाएको तर अहिले पानीले तहसनहश भएको भन्दै रायले खर्चको विवरण माग्दा आफुलाइ मार्ने धम्की दिएको बताए । यसैगरी वडा नम्बर तीनका अध्यक्ष राम प्रदेश तेलीले चुनाव अगाडि साईकल पनि नभएको जवहरलालसँग करोडौको सम्पति कहाँबाट आयो खोजीको बिषय भएको बताए । वडाअध्यक्ष तेली भन्छन् यो केशमा न्यायको लागी हामी अख्तियार पनि जान पछि नपर्ने बताएका थिए ।